७ बैशाख २०८१, शुक्रबार

घोडाघोडी महोत्सवको तयारी तीब्र



सुखड । कैलालीको घोडाघोडी नगरपालिका, सुखडमा आयोजना हुने घोडाघोडी महोत्सवको तयारी तीब्र पारिएको छ ।
‘कला, संस्कृति, कृषि, पर्यटन र व्यापार ः समृद्घ घोडाघोडी विकासको आधार’ भन्ने नाराका साथ घोडाघोडी उद्योग वाणिज्य संघको आयोजनामा यहि माघ १४ गतेदेखि २३ गतेसम्म महोत्सव सञ्चालन हुने छ ।
संघका अनुसार महोत्सवका लागि मुख्यद्वार निर्माण, रमाइलो मेला, मञ्च व्यवस्थापन, आदि कार्य भइरहेका छन् । त्यस्तै, महोत्सवका लागि प्रायोजकहरूको टुंगो लगाउनेदेखि अन्य आवश्यक कार्य पनि जारी रहेको जनाइएको छ ।
घोडाघोडी उद्योग वाणिज्य संघका अध्यक्ष तथा घोढाघोडी महोत्सवका संयोजक जियालाल आचार्यले महोत्सवको आम्दानीबाट संघको भवन निर्माण गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार