१३ बैशाख २०८१, बिहीबार

सरकारको कामले जनतामा निरासा– प्रवक्ता शर्मा



धनगढी । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले केपी ओली नेतृत्वको सरकारका कामकारवाहीका कारण जनतामा निरासा बढ्दै गएको बताएका छन् ।
“देशमा हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार वृद्धिसँगै सामान्य नागरिकमाथि करको बोझ बढेको छ” आइतबार नेपाल विद्यार्थी संघ कैलालीले धनगढीमा आयोजना गरेको भेटघाट कार्यक्रममा प्रवक्ता शर्माले भने– “ओली नेतृत्वका सरकारले समृद्धिको नारा दिए पनि व्यवहारमा त्यो देखिएन ।” उनले नेपालमा कम्युनिष्ट सरकारको शासन भएसम्म देश समृद्ध हुन नसक्ने दाबी गरे ।
प्रवक्ता शर्माले विद्यार्थीहरूको नेतृत्वलेनै देशमा ठूलो परिवर्तन ल्याएकाले सरकारका गलत क्रियाकलापमा विरोध गर्न सक्रिय भएर लाग्न आग्रह गरे ।
उनले आफूले पनि नेविसंघको नेतृत्व गर्दा ठूलो प्रेरणा पाएको बताउँदै ‘राजनीतिको सफल खुड्किलो, सकारात्मक सोच, जागरुकता युग भनेकै नेविसंघको नेतृत्व हो ।’ उनले निःस्वार्थ र सक्रिय भएर नेविसंघमा लाग्न विद्यार्थीहरूलाई लाग्न आग्रह गरे ।
कार्यक्रममा नेपाल विद्यार्थी संघका नेताहरूले यथाशिघ्र संघको महाधिवेशन सम्पन्न गराउन प्रवक्ता शर्मास“ग माग गरे । विद्यार्थी नेताहरूले पार्टीकै कारण संघको महाधिवेशन हुन नसकेको गुनासो गरेका थिए ।
संघका कार्यवाहक अध्यक्ष भेष बमको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार