१६ चैत्र २०८०, शुक्रबार

माघ २१ देखि सुदूरपश्चिम महोत्सव



धनगढी । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा आगामी २१ देखि धनगढीमा सुदूरपश्चिम महोत्सव, २०७५ आयोजना हुने भएको छ । ‘दिगो शान्तिका लागि आर्थिक समृद्धि’ भन्ने नाराका साथ आगामी फागुन २ गतेसम्म महोत्सवको आयोजना गरिने आइतबार संघले धनगढीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
महोत्सवको तयारीका लागि विभिन्न समिति गठन गरिएको महोत्सव मुल आयोजक समितिका संयोजक तथा संघका अध्यक्ष पुष्पराज कुँवरले बताए ।
उनले यसपटक संघको निर्वाचनमा ढिलाई भएका कारण विगतका वर्षहरूमा मंसिर २२ गतेदेखि पुस २ गतेसम्म सञ्चालन हुँदै आएको महोत्सवको आयोजनामा पनि ढिलाई भएको बताए ।
कैलाली उद्योग वाणिज्य संघले २०६३ सालदेखि सञ्चालन गर्दै आएको छ ।
उनले महोत्सवमा ८० लाख रुपैयाँ खर्च हुने तथा महोत्सव अवधिभरी करिब १५ करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान रहेको बताए ।
महोत्सवमा एक सय ५० व्यापारिक स्टल, कृषि, होटल रेष्टुरेण्ट सहित दुई सय स्टल, रमाइलो मेला र बाल उद्यान रहने छ । उनले महोत्सवले स्थानीय उत्पादन र महिला उद्यमीलाई प्रोत्साहन गर्ने नीति लिएको बताए । महोत्सवमा करिव पाँच लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको छ ।
संघले सञ्चालन गर्दै आएको यो महोत्सव १३ औं संस्करण हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार