११ बैशाख २०८१, मंगलवार

सकारात्मक परिवर्तनका लागि नेतृत्व विषयक अन्तरक्रिया



धनगढी । धनगढी जेसिजको आयोजनामा आइतबार धनगढीमा ‘सकारात्मक परिवर्तनका लागि नेतृत्व’ विषयक अन्तरक्रिया भएको छ ।
अन्तरक्रिया कार्यक्रममा नेपाली का“ग्रेसका प्रवक्ता तथा नेपाल जेसिजका मानार्थ सदस्य विश्वप्रकाश शर्मा, बुटवल जेसिजका पूर्व अध्यक्ष तथा प्राध्यापक मदनराज कट्टेल, धनगढी लेडि जेसिजकी अध्यक्ष पुनम चटौत, धनगढी जुनियर जेसिजका अध्यक्ष सन्तोष पन्त, विभिन्न संघसस्थाका प्रतिनिधि तथा जेसीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले सकारात्मक परिवर्तनका लागि नेतृत्वमा आधारित तथा आफ्ना अनुभवहरू प्रस्तुत गरे ।
कार्यक्रम धनगढी जेसिज वर्ष २०१९ का अध्यक्ष नरेन्द्रराज अवस्थीको अध्यक्षतामा भएको थियो ।
धनगढी जेसिजका महासचिव सत्यराज जोशीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष गिरीराज भण्डारीले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार