७ बैशाख २०८१, शुक्रबार

श्रीमतीको हत्यापछि आत्महत्या



टीकापुर । कैलालीको जानकी गाउँपालिका वडा नम्बर ७ मा एकजनाले श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेका छन् ।
जानकी गाउँपालिका वडा नम्बर ७ का ३५ वर्षीय प्रेमलाल चौधरीले आफ्नी श्रीमती रमा चौधरीको हत्या गरेर आफूले पनि आत्महत्या गरेको बताइएको छ ।
उनले आइतबार बिहान साढे ६ बजेतिर श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रेमलालले श्रीमतीको हत्या गरेपछि आफूले झुण्डिएर आत्महत्या गरेको पाइएको छ ।
हत्याको कारण खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार