७ बैशाख २०८१, शुक्रबार

सुरक्षा गार्डहरूको माग– बिनाकारण हटाउन पाइदैन



धनगढी । कैलालीमा विभिन्न बैंकहरूमा कार्यरत सुरक्षा गार्डहरूले बिना कारण आफूहरूलाई जागिरबाट नहटाउन माग गरेका छन् ।
शनिबार धनगढीमा भएको सुरक्षा गार्डहरूको एक भेलाले बिना कारण जागिरबाट नहटाउन तथा नयां श्रम ऐनअनुसारको सेवासुविधा प्रदान गर्नुपर्ने माग गरियो ।
धनगढीस्थित एनआईसी एसिया बैंकबाट नौ जना र ग्लोबल आइएमई बैंकका एक जनालाई जागिरबाट हटाएपछि सुरक्षा गार्डहरूको भेला आयोजना गरिएको थियो ।
भेलाले नयाँ श्रम ऐन अनुसार सुरक्षा गार्डहरूले साउनदेखि सेवासुविधा पाउनुपर्ने, बैंकबाट बिना कारण हटाइएका सुरक्षा गार्डलाई पुनस्र्थापना गर्नुपर्ने लगायतको माग गरेको छ ।
सुरक्षा गार्डहरूले आफना माग सम्बोधन नभए संघर्षका कार्यक्रम अगाडि बढाउने चेतावनी दिएका छन् ।
कैलाली सेक्युरिटी युनियनका अध्यक्ष धनबहादुर चन्दको अध्यक्षतामा भेला भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार