१६ चैत्र २०८०, शुक्रबार

पत्रकारद्वयमाथि भएको दुव्र्यवहार प्रकरण : काँग्रेस संसदीय दलद्वारा चासो व्यक्त



धनगढी । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभामा संसदीय दलको कार्यालयले धनगढीका पत्रकारद्वय जनक विष्ट र पदम भट्टमाथि प्रदेशका प्रमुख सचिवद्वारा भएको दुव्र्यवहारको घटनाबारे चासो व्यक्त गरेको छ ।
का“ग्रेस प्रदेश संसदीय दलले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा लिखित रूपमा सूचना माग्न गएका कैलालीका पत्रकारद्वय विष्ट र भट्टमाथि प्रमुख सचिव नारायणप्रसाद विडारीबाट दुव्र्यवहार गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
“पत्रकार बिष्ट र भट्टमाथि प्रमुख सचिव बिडारीबाट भएको दुव्र्यवहारबारे सर्वत्र चासो र आलोचना भइरहेको सन्दर्भमा सरकार तथा स्वयं प्रमुख सचिवबाट आफ्नो कमीकमजोरी महसुस गर्नुपर्नेमा उल्टै ढाकछोप गर्ने प्रयास गर्ने काम भएको छ” प्रदेश संसदीय दलका नेता रणबहादुर रावलद्वारा जारी विज्ञप्तिमा भनिएको छ– “पत्रकारद्वय विष्ट र भट्टले प्रक्रियागत रूपमै सार्वजनिक महत्त्वका केही सूचना माग गरेकोमा प्रदेश सरकारका प्रमुख सचिव बिडारीद्वारा सूचना प्रवाह गर्न गरिएको आनाकानी तथा भएको दुव्र्यवहार खेदजनक छ नै, सुदूरपश्चिम प्रदेश सरकारबाट भएगरेका कामकारवाही, निर्णयलाई सकेसम्म लुकाउने प्रयास भइरहेको छ भन्ने तथ्यको पनि पुष्टि हो ।”
नेपाली काँग्रेस, संसदीय दलको कार्यालय सार्वजनिक महत्त्वको सूचना माग गर्ने क्रममा प्रदेश सरकारका प्रमुख सचिवबाट पत्रकारद्वय विष्ट र भट्टमाथि गरिएको दुव्र्यवहारप्रति क्षमायाचना गर्दै भविष्यमा यस्ता कार्य दोहोरिन नदिने कुराको प्रत्याभूति दिन माग गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार