८ बैशाख २०८१, शनिबार

मजगाउँमा थारू संग्रहालय बनाउँछौं– नगरप्रमुख साउँद



धनगढी । गोदावरी नगरपालिका प्रमुख हरिसिंह साउँदले मजगाउँमा थारू संग्रहालय बनाउने प्रतिबद्धता जनाएका छन् ।
गोदावरी नगरपालिका वडा नम्बर ८, मजगाउँमा शनिबारदेखि शुरु भएको माघ महोत्सवको उद्घाटन समारोहमा नगर प्रमुख साउँदले थारू समुदायको मौलिक संस्कृति, भेषभूषा, पहिरन, परिकार आदिको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले संग्रहालय निर्माण गरिने बताए ।
उनले मजगाउँको थारू संग्रहालयबाट आन्तरिक तथा बाह्य पर्यटक आगमनमा बृद्धि हुने विश्वास व्यक्त गरे । कार्यक्रममा थारू कल्याणकारिणी सभाका केन्द्रीय सदस्य ईन्दु चौधरीले थारू समुदायका घर आगनमा रहेका परम्परागत कलात्मक सामग्री समेत लोप हुँदै गइरहेको चर्चा गरिन् ।
महोत्सवमा थारू समुदायका मौलिक परिकार, नाचगान, कलाकारहरूको प्रस्तुति, थारू विवाह, अष्टिम्की, टिक्ने, ढमार गीत प्रस्तुति भएको थियो ।
थारू कल्याणकारिणी सभा गोदावरीको आयोजनामा शुरु भएको महोत्सव माघ ७ गतेसम्म चल्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार