१५ चैत्र २०८०, बिहीबार

ग्याङ फाइटमा एकको मृत्यु



धनगढी । कैलालीको गोदावरी नगरपालिकामा ग्याङ फाइटमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
ग्याङ फाइटमा परि गोदावरी नगरपालिका वडा नम्बर १ वनखेतीका २० वर्षिय युवा अरुण भट्टको मृत्यु भएको छ । कैलाली प्रहरी कार्यालयले भने भट्ट गम्भीर घाइते भएको जनाएपनि अस्पतालमा कार्यरत सुरक्षाकर्मीले अस्पतालमा ल्याउने क्रममै बाटोमा भट्टको मृत्यु भएको जनाएको छ ।
कैलाली प्रहरी कार्यालयका अनुसार सोही स्थानका १६ वर्षिय हरि राईको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ भने अन्दाजी २२ वर्षिय सविन कडेलको गोदावरीस्थित पदमा अस्पतालमा उपचार भइरहेको छ । यस्तै अर्का व्यक्तिको भने नाम पहिचान हुन नसकेको मालाखेती ईलाका प्रहरी कार्यालयका असइ पदम विष्टले जानकारी दिए ।
घटनामा संलग्न राज कठायतसहित अन्य फरार रहेको जनाइएको छ । कैलाली प्रहरीले उनीहरूको खोजतलासी गरिरहेको जनाएको छ । कैलाली प्रहरी प्रमुख आभुषण तिमिल्सिनाले घटनाको थप अनुसन्धान भइरहेको बताए । प्रहरी प्रमुख तिमिल्सिनाले स्थानीयका अनुसार साथीसाथीमा सामान्य विवाद हुँदा घटना भएको बताए । उनले घटनामा संलग्नहरूको खोजी भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार