८ बैशाख २०८१, शनिबार

मानव अधिकार संरक्षण गर्न मासमको माग



धनगढी । मानब अधिकार संरक्षण मञ्च (मासम) नेपाल सुदुरपश्चिम प्रदेश समितिले विभिन्न तीन वटा घटनामा ध्यानाकर्षण भएको जनाएको छ ।
मासम सुदूरपश्चिमले शनिबार एक प्रेस विज्ञप्ति जारी गरी मुख्यमन्त्री कार्यालयमा प्रमुख सचिव नारायणप्रसाद विडारीले पत्रकारमाथि दुव्र्यबहार गरेको, डा. गोविन्द केसीको अनसन र धनगढी उपमहानगरपालिका–१३ बरपट्टामा थारु र दलित समुदायबीच माघीमा भएको झगडाको घटनाप्रति ध्यानाकषर्ण भएको जनाएको हो ।

मासम सुदूरपश्चिमका अध्यक्ष डिल्लराज जोशी, उपाध्यक्ष हिमालयविक्रम विष्ट र सचिव राजेन्द्र रैकाले हस्ताक्षर गरेको विज्ञप्तिमा विधिसंगत सूचना माग गर्ने क्रममा मुख्य सचिव विडारीले सूचना दिनुको सट्टा संवैधानिक तथा कानुनी पद्धति र सूचनाको हकको बर्खिलाव र नागरिकले सूचना पाउने अधिकारलाई कुण्ठीत हुने गरी दिनेश एफएमका जनक विष्ट र माउण्टेन टेलिभिजनका पदम भट्टमाथि अशिष्टशैलीमा प्रस्तुत भई संचारकर्मीहरुको क्यामेरा खोस्ने, अपमानजनक ढगंवाट कार्यकक्षवाट वाहिर निकाल्ने जस्ता अभद्र व्यवहार जन्य घटना गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
‘सूचना प्राप्त गर्ने सम्पूर्ण नागरिकहरुको मौलिक हक समेत भएकोले समाचार संकलनको क्रममा सूचनाको माग गर्ने संचारकर्मीहरुमाथि भएको यो घटनाको घोर भत्र्सना गर्दछौ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस विषयमा तत्काल न्यायिक छानविन गरी दोषी उपर आवश्यक कारवाही गर्न सम्वन्धित पक्षसंग माग गर्दछौ ।’
त्यस्तै, राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सच्याउन माग गर्दे १६ औँ पटक अनसन बसिरहेका त्रि.वि.शिक्षण अस्पतालमा कार्यरत प्रा.डा गोविन्द केसीको अनसन र विग्रदो नाजुक स्वास्थ्य स्थितीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । मासमले नेपाल सरकार र सम्वन्धित पक्षविच यथासिघ्र वार्ताको वातावरण वनाई समस्या समाधान तर्फ केन्द्रीत हुन सम्बन्धित पक्षलाई अपिल गरिएको छ ।
माघ १ गते बरपट्टाका विशाल चौधरी र रघुनाथ चौधरीको समूहले सोही ठाउँकी १४ वर्षीया बालिकाकी विनिता नेपाली, मदन नेपाली र विनोद नेपालीलाई जातीय विभेद गरी स्थानीय दलित समुदाय माथि सामुहिक रुपमा कुटपिट, लैगिक हिंसाजन्य घटनाको सत्यतथ्य छानविन गर्न काम गरिएको छ । विज्ञप्तिमा पिडकहरुलाई कानुनी दायरामा ल्याई पिडित पक्षलाई उचित न्याय दिलाउन मासम सुदूरपश्चिमले माग गरेको छ । सो क्षेत्रमा सामाजिक सदभाव कायम गर्ने तर्फ ध्यान दिन समेत सम्वन्धित सबै पक्षलाई अपिल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार