८ बैशाख २०८१, शनिबार

तेस्रो सुदूरपश्चिम खप्तड गोल्डकपको विजेता नेपाल पुलिस क्लब



धनगढी । तेस्रो नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनल खेल नेपाल पुलिस क्लबले जितेको छ ।
शनिबार धनगढी रंगशालामा भएको फाइनल खेलमा रुस्लान थ्री स्टार क्लवलाई नेपाल पुलिस क्लवले शुन्यका विरुद्ध एक गोल प्रहार गर्दै गोल्डकप विजेता भएको हो । नेपाल पुलिस क्लबका अभिशेक रिजालले प्रहरीका लागि कर्नर किकबाट गोल प्रहार गरेका थिए । फाइनल खेलमा गोल प्रहार गर्दै रिजाल फाइनल खेलको म्यान अफ द म्याच भए ।
विजेता पुलिस क्लबले नगद २१ लाख रुपैयँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता थ्री स्टार क्लवले १० लाख रुपैया प्राप्त गरेको छ । कपकाे उत्कृषट खेलाडी हुन सफल नेपाल पुलिस क्लबका रवि पासवानले १५० सिसिकाे यामाहा माेटर साइकल पुरस्कार पाए ।
अहिले रंगशालामा प्रतियोगिताको पुरस्कार तथा ट्रफि वितरण कार्यक्रम भइरहेको छ । नेपाली कांग्रेसकी नेतृ डा.आरजु राणा देउवाले पुरस्कार तथा ट्रफि वितरण गरिरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार