१५ चैत्र २०८०, बिहीबार

नगर सहकारी संघ गठन



टीकापुर । कैलालीको टीकापुर क्षेत्रमा रहेका सहकारी संस्थाहरुको छाता संगठनको रुपमा टीकापुर नगर सहकारी संघ गठन गरिएको छ ।
टीकापुर क्षेत्रमा रहेका सहकारी संस्थाहरुको भेलाले १५ सदस्यीय सहकारी संघ गठन गरेको हो ।
टीकापुर नगरपालिकाले माघ ३ गते बिहिबारदेखि आयोजना गरेको टीकापुर नगरपालिका सहकारी ऐन २०७५ सम्बन्धि छलफल कार्यक्रममा भेला भएका सहकारीहरुका पदाधिकारी तथा संचालकहरुले सहकारीका हक हितका पक्षमा काम गर्नको लागि स्थानिय तहमा सहकारी संघ गठन गर्ने निर्णय गरिएको छ ।


भेलाले टीकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बद्रि प्रसाद भट्टराईको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिती गठन गरिएको छ । समितीका उपाध्यक्षमा महिला जागरण बहुउदेश्यीय सहकारीका अध्यक्ष कलावती स्वा“र, सचिवमा शुभलक्ष्मी बचत तथा ऋण सहकारीका अध्यक्ष सिताराम बजगाई, कोषाध्यक्षमा टीकापुर कृषी सहकारीका टीकाराम श्रेष्ठ र सहसचिवमा उन्नत कृषी सहकारीका गणेश कठायत रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा नवनिर्माण बचत तथा ऋण सहकारीका अध्यक्ष गजेन्द्रबहादुर शाह, देउराली भञ्ज्याङ् कृषी सहकारी संस्थाका दिलु घर्तिमगर, सुनौलो भविष्य कृषी सहकारीका रमा डगौरा, न्यू जनसेवा ग्रामिण विद्युुत सहकारीका रामबहादुर बिक, साइबाबा ग्रामिण विद्युत सहकारीका शेरबहादुर साउ“द, भगवान कृषी सहकारीका कुलराज खनाल, सत्ति कृषी सहकारीका खड्क प्रसाद भण्डारी रहेका छन् ।
त्यसैगरी नव आदर्श कृषी सहकारीका यमलाल जैशी, धनसिंपुर खाद्यन्न सहकारीका रतन टमट्टा र धनसिंहपुर कृषी सहकारीका कमला कोइराला रहेका छन् ।
त्यसैगरी पा“च सदस्यीय सल्लाहकार समिती समेत गठन गरिएको छ । सल्लाहकारहरुमा हरिकुमार कार्की, कपुरसिंह कडायत, नैन बहादुर वम, कुलराज भट्राई र खडकसिंह बिक रहेका छन् । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन अधिकृत छबिलाल जैशीले पद तथा गोपनियताको सपथ गराए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार