११ बैशाख २०८१, मंगलवार

योग अनुष्ठान केन्द्र उद्घाटन



धनगढी । कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर २९ उद्योग क्षेत्रस्थित मालिका टोलमा दैनिक योग अनुष्ठान केन्द्रको उद्घाटन गरिएको छ ।

पतञ्जली योग समितीका योग प्रशिक्षकहरुले नियमित रुपमा योग प्रशिक्षण दिनेगरी संचालनमा आएको योग साधना केन्द्रको टीकापुर नगरपालिका प्रमुख तपेन्द्र बहादुर रावलले शुक्रबार एक कार्यक्रमकाबीच उद्घाटन गरे ।
मालिका टोल योग साधना केन्द्रका अध्यक्ष जंगबहादुर साउदको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा योग प्रशिक्षक शालिग्राम शर्माले स्वागत गरेका थिए भने कार्यक्रमको संचालन ज्ञानु पौडेलले गरेका थिए ।
सो अवसरमा पतञ्जली योग समिती सुदूरपश्चिम प्रदेश संगठन मन्त्री थम्मन वम, प्रदेश सदस्य तारा खरेल, टीकापुर योगाश्रमका संस्थापक पृथ्वीराज रावल, पतञ्जली योग समिती कैलाली जिल्ला सदस्य सर्वानन्द चपाई, पातञ्जल योग समिती नेपाल सुदूरपश्चिम प्रदेश ईन्चार्ज दीर्घराज गिरी, पतञ्जली योग नगर समिती टीकापुरका महामन्त्रि छबिलाल जैशी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार