१५ चैत्र २०८०, बिहीबार

सुरक्षा गार्डहरुद्वारा उजुरी



धनगढी । एनआइसी एसिया बैंक धनगढी शाखाविरुद्ध बैंकका सुरक्षा गार्डहरुले श्रम कार्यालयमा उजुरी दायर गरेका छन् ।
उनीहरुले आफुहरुलाई जानकारी नगराएर सेवाबाट हटाइएको भन्दै उजुरी दिएको श्रम कार्यालय सेती अञ्चलका सूचना अधिकारी जयदेव विष्टले जानकारी दिए ।
‘हामीमा सिधै उजुरी आएको होइन । बोधार्थ भनेर आएको छ’ उनले बैंकसंग यसबारे स्पष्टीकरणका लागि पत्र पठाएको बताए ।
उनका अनुसार श्रम कार्यालयमा सुरक्षा गार्डहरुले श्रम ऐन अनुसार सेवा सुविधा माग्दा हटाइएको भनेर गुनासो गरेका छन् । उनले तत्कालिन अवस्थामा कार्यरत सुरक्षा गार्डहरुसंग समन्वय नगरि रोजगारदाता कम्पनीले नया“ सुरक्षा गार्ड पठाउनु नहुने बताए ।
श्रम कार्यालयमा सुरक्षा गार्डहरुले आफुहरुले नया“ श्रम ऐन अनुसार सेवा सुविधा नपाएको पनि जानकारी गराएको उनले बताए । श्रम ऐनअनुसार न्यूनतम तलब १३ हजार पा“च सय, पोसाक, ओभरटाइम र सार्वजनिक बिदाको भत्ता पाउन व्यवस्था रहेको छ ।
बैंकका सुरक्षा गार्डहरुले श्रम कार्यालयसंगै जिल्ला प्रशासन कार्यालय धनगढी र एनआइसि एशिया बैंकको धनगढी शाखा कार्यालयमा पनि सो पत्र पठाएका छन् ।
एनआइसी एशिया बैंकका क्षेत्रीय कार्यालय प्रमुख टेकराज भट्टले श्रम कार्यालयबाट पत्र आएको बारे आफुलाई जानकारी नभएको प्रतिक्रिया दिए । ‘म अहिले काठमाडौं छु । श्रम कार्यालयबाट पत्र आएकोबारे मलाई जानकारी छैन्’ उनले भने ।
उनले सुरक्षा गार्डहरुको रोजगार र सेवा सुविधा बैंकसंग नजोडिने बताए । ‘यो विषय रोजगारदाता कम्पनीसंगको हो । हामीले कम्पनीसंग जनशक्ति माग्छौं । बा“की सेवा सुविधा उसैले दिने हो’ उनले भने ।
उनले बैंकले नया“ कम्पनीसंग सम्झौता गरेको तर, पुरानालाई हटाउने मनसाय नभएको प्रतिक्रिया दिए । उनले भने ‘सकभर नया“ कम्पनी लकेसाले पुरानै सुरक्षा गार्डहरुलाई यथावत राख्नुपर्ने हाम्रो चाहना थियो तर, त्यसो भएन् ।’
करारमा सुरक्षा गार्डमा कार्यरत शेरबहादुर विष्टले माघ १ गते विहान पा“च बजेमात्र आफुलाई जागिरबाट हटाएको जानकारी पाएको बताए । गरुड सेक्युरिटी नामक कम्पनीमार्फत उनी सो बैंकमा २०६६ सालदेखि कार्यरत रहेको उनले बताए । बैंकमा गरुड सेक्युरिटीसंगको सम्झौता खारेज गरेर नया“ लकेसा सेक्युरिटीबाट गार्डहरु पठाइएको थियो ।
गार्ड विष्टले भने ‘हामीले नया“ श्रम ऐन अनुसार सेवा सुविधा माग्दा जानकारीनै नगराई हटाइएको हो ।’ उनले विगतमा पनि पटक–पटक गार्ड परिवर्तन गरिएपनि सोधपुछ तथा जानकारी गराइने गरेको स्मरण गर्दै भने ‘यो पटक जानकारीनै नगराइ एका एक हामीलाई हटाईयो । हामीलाई हटाइएकोमा चिन्ता होइन तर, एक पटक सोध्नु त पर्ने थियो ।’ विष्टले गत साउन यता सेवा सुविधा नपाएको गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार