६ बैशाख २०८१, बिहीबार

संगम सहकारीको स्थापना दिवस



धनगढी । संगम बचत तथा ऋण सहकारी संस्थाको शुक्रबार धनगढीमा स्थापना दिवस मनाइएको छ ।
सो अवसरमा धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले आफुहरु धनगढीलाई मानवताको शहर बनाउने अभियानमा जुटेको बताए ।
उनले धनगढीमा मानव सेवा आश्रमले सडकमा छोडिएका २१ जना असहायहरुलाई आश्रय दिएको चर्चा गरे । उनले भने– सहकारी संस्थाहरुले पनि सामाजिक उत्तरदायित्वकोे क्षेत्रमा छुट्याएको रकम त्यस्ता काममा खर्च गर्न अनुरोध गर्दछु ।
यसैबीच, सो सहकारी संस्थाले मानव सेवा आश्रमलाई सात वटा बेड सहयोग गरेको छ । संस्थाले मानव सेवा आश्रमकी कल्पना भट्टलाई बेड हस्तान्तरण गरेको हो ।
संस्थाले बिभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्ने कर्मचारीहरु समेतलाई सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार