१३ बैशाख २०८१, बिहीबार

कर्मचारी समायोजानबारे छलफल



धनगढी  । नेपाल निजामती कर्मचारी संगठनको आधिकारिक कर्मचारी ट्रेड युनियनले कर्मचारी समायोजन विधेयक सम्बन्धी शुक्रबार धनगढीमा छलफल गरेको छ ।
आधिकारिक कर्मचारी ट्रेड युनियनका केन्द्रीय अध्यक्ष पूण्यप्रसाद ढकालको प्रमुख आतिथ्यमा भएको छलफल कार्यक्रममा कर्मचारीहरुले समायोजन विधेयकले स्थानीय तह र स्वास्थ्य क्षेत्रका कर्मचारीहरुको हकमा केही कुरा नमिलेको गुनासो गरेका थिए ।
सो अवसरमा बोल्दै अध्यक्ष ढकालले पुण्यप्रसाद ढकालले विभिन्न सेवामा कार्यरत कर्मचारीबीचको विभेद व्यवस्थापनका लागि सरकारले मापदण्ड बनाउनुपर्नेमा जोड दिए ।
अध्यक्ष ढकालले निजामती र स्वास्थ्य सेवामा रहेको तह र श्रेणी अन्त्य गरी समायोजन गर्ने हो भने अन्तराष्ट्रिय मान्यताका आधार तय हुनुपर्ने, स्थानीय, प्रदेश र संघमा कार्यरत कर्मचारीको सरुवा, बढुवा प्रक्रियाको विधि प्रस्ट हुनुपर्ने र समायोजन गर्दा कर्मचारीको एक तह र श्रेणी वृद्धि गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार