१३ बैशाख २०८१, बिहीबार

कांग्रेसको बृहत प्रशिक्षण कार्यक्रम



धनगढी । नेपाली कांग्रेस कैलालीले बृहत प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने भएको छ । कैलाली कांग्रेसले यसलाई जिल्लाको ईतिहासमै सबैभन्दा बृहत प्रशिक्षण भएको बताएको छ ।
आज शनिबारदेखि सुरु हुने तालिम दुई दिनसम्म चल्ने नेपाली कांग्रेस कैलालीका सभापती नरनारायण शाह मनुले बताए । जिल्ला सभापती शाहले प्रशिक्षण कार्यक्रमको सबै तयारी पुरा भएको बताए ।
तालिममा नेपाली कांग्रेसबाट स्थानीय तहमा निर्वाचित र पराजित प्रमुखदेखि सदस्य, प्रदेश र प्रतिनिधी सभामा बिजयी तथा पराजय भएका उम्मेदबारहरु, साविकका गाउ“, नगर, वडा सभापती, पदाधीकारीहरु, जिल्ला कार्यसमिति, महाधिवेशन, महासमिति प्रतिनिधी, पार्टीका बर्तमान र पूर्व केन्द्रीय सदस्य, भातृ संगठनका केन्द्र तथा जिल्लाका पदाधीकारीहरु सहभागि हुने प्रशिक्षण समन्वय समितिका संयोजक नृप सुनारले बताए ।
तालिमको पहिलो दिन स्थानीयतह, प्रदेश र संघिय संसदमा महिला सहभागिता र सुशासन सम्वन्धी प्रशिक्षण नेपाली कांग्रेसकी नेतृ डाक्टर आरजु राणा देउवाले गर्ने जनाइएको छ ।
त्यसैगरी सोही दिन स्थानीय तह योजना निर्माण, बजेट संचालन र सचेतना सम्वन्धी प्रशिक्षण राष्ट्रिय योजना आयोगका पूर्व केन्द्रिय सदस्य डाक्टर प्रभु बुढाथोकीले गर्ने छन् ।
दोश्रो दिन नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले समसामयिक राजनीति, पार्टी सुदृढीकरण तथा प्रतिपक्षको भूमिकाका बारेमा प्रशिक्षण दिने छन् ।
त्यसैगरी नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश लेखकले प्रदेश र स्थानीय तहको ऐन, कानुन, पार्टी विधान, जनप्रतिनिधी तथा संगठन बिचको अन्तर सम्वन्धका बारेमा प्रशिक्षण दिने नेपाली कांग्रेस कैलालीका संगठन विभाग प्रमुख शेरबहादुर देउवाले बताए ।
प्रशिक्षण कार्यक्रमका लागि नेपाली कांग्रेसकी नेतृ देउवा र राष्ट्रिय योजना आयोगका पूर्व केन्द्रिय सदस्य बुढाथोकी शुक्रवार नै धनगढी पुगेका छन् । नेपाली कांग्रेसकी नेतृ देउवाले अहिलेको अबस्थामा संविधानको कार्यान्वयन महत्वपूर्ण भएकाले प्रशिक्षण आवश्यक भएको बताईन । उनले भनिन्, यो नेपाली कांग्रेसका लागि निकै महत्वपूर्ण प्रशिक्षण हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार