८ बैशाख २०८१, शनिबार

नारायणपुर जेसिजको पदस्थापन



टीकापुर । नारायणपुर जेसिजको पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम शुक्रबार टीकापुर नगरपालिका वडा नम्बर ६ मा भएको छ ।
कार्यक्रममा प्राध्यापक डाक्टर जगतबहादुरसिंह रावल प्रमुख अतिथि रहेका थिए । कार्यक्रम नारायणपुर जेसिज वर्ष २०१८ का अध्यक्ष हिरादत्त भट्टको अध्यक्षतामा भएको थियो ।


कार्यक्रममा टीकापुर जेसिज वर्ष २०१९ का अध्यक्ष गणेश बहादुर साउद, लम्की जेसिजका अध्यक्ष मोहन ढुंगाना र टीकापुर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष बलिराम चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
नारायणपुर जेसिजका निवर्तमान अध्यक्ष पूर्ण प्रकाश शाहले स्वागत गरेकोे कार्यक्रमको संचालन वर्ष २०१८ का महासचिव विक्रम धामीले गरेका थिए ।
कार्यक्रममा निवर्तमान अध्यक्ष पूर्णप्रकाश शाहलाई जेसिज अफ द इयर २०१८ द्वारा सम्मान गरियो ।
सो अवसरमा नारायणपुर जेसिजका अध्यक्ष धनञ्जय ढुंगाना, कार्यकारी उपाध्यक्ष जैसरा शर्मा र हरिश भट्ट, उपाध्यक्षहरु बलिराम चौधरी, धनबहादुर बुढा, रामकृष्ण चौधरी र पुष्पा सुवेदी, महासचिव कुलराज खनाल, कोषाध्यक्ष प्रेम चौधरी र कानूनी सल्लाहकार पदम केसीको पदस्थापन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार