७ बैशाख २०८१, शुक्रबार

खेलाडीलाई पोशाक वितरण



धनगढी । देउसी भैलोबाट संकलित रकमबाट खेलाडीलाई पोशाक वितरण गरेको छ । शिअ उसु क्वान कैलालीले गएको तिहारमा खेलिएको देउसी भैलो कार्यक्रमबाट संकलन भएको रकमले पोशाक वितरण गरेको जनाइएको छ ।
क्वानले बिहीबार धनगढी एक कार्यक्रम गरी प्रतिनिधि सभा सांसद नारदमुनी रानाले उसु खेलाडीलाई पोशाक वितरण गरे ।
तिहारमा रमाइलोका लागि खेलिएको देउसी भैलो कार्यक्रमबाट संकलित रकमले खेलाडीको हौसलाका लागि पोशाक वितरण गरेको क्वान कैलालीका अध्यक्ष नारायण लम्सालले बताए । उसुका ४० जना खेलाडीलाई पोशाक वितरण गरेको उनले जानकारी दिए ।
कार्यक्रममा उसुका अनुशासित २ जना खेलाडीलाई पनि सम्मानित गरेको थियो । छात्रातर्फ दिपिका बोगटी र छात्रतर्फ रविनकुमार शाहीलाई सम्मान गरियो ।
उसुका प्रशिक्षक रतन थापाले सञ्चालन गरेको कार्यक्रममा क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष लालबहादुर शाही, कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर सिंह लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार