१३ बैशाख २०८१, बिहीबार

अपांगता भएका बालबालिकालाई न्यानो लुगा वितरण



धनगढी । अत्तरियास्थित सुदूरपश्चिम समावेशी विद्यालयमा पढ्दै आएका अपांगता भएका बालबालिकालाई न्यानो लुगा वितरण गरिएको छ ।
कैलालीको धनगढीमा अपांगताको क्षेत्रमा काम गर्दै आएको अपांगता सहायता प्रतिष्ठानले बिहीबार विद्यालयमा एक कार्यक्रामका साथ लुगा वितरण गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनीराम साउँदलाई लुगा हस्तान्तरण गर्दै प्रष्ठिानका अध्यक्ष भवानीसिंह ऐरले चिसोबाट बच्नका लागि थोरै भएपनि राहत पुगोस् भनेर न्यानो लुगा सहयोग गरेको बताए । प्रतिष्ठानकी सहसचिव सुनिता थापाले ६० थान जाकेट, टाउजर, टोपीलगायतका न्यानो लुगामा सहयोग गरेको जानकारी दिइन् ।
सस्थाका सल्लाहकार एवं राष्ट्रिय अपांग महासंघ नेपालका केन्द्रीय सदस्य मानबहादुर साउँदले चिसोबाट बच्न बालबालिकालाई न्यानो लुगा सहयोग गरेकोमा संस्थालाई धन्यवाद दिएका थिए । उनी यस विद्यालय स्थापनाको पनि संस्थापक हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार