७ बैशाख २०८१, शुक्रबार

सहकारी ऐन सम्बन्धी अन्तरक्रिया



टीकापुर । टीकापुर नगरपालिकाको सहकारी ऐन सम्बन्धी प्रशिक्षणमूलक अन्तरक्रिया कार्यक्रम बिहीबार टीकापुरमा शुरु भएको छ ।
टीकापुर नगरपालिकाको आयोजनामा शुरु भएको कार्यक्रममा टीकापुर नगरपालिका क्षेत्रभित्रका विभिन्न सहकारी संस्थाहरूका सञ्चालक समितिका पदाधिकारी तथा व्यवस्थापकहरूको सहभागिता रहेको छ ।
टीकापुर नगरपालिकाका उपप्रमुख केशरी विष्टको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज आचार्यले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका शाखा अधिकृत सुरेशप्रसाद जैशीले सहजिकरण गरिरहेको कार्यक्रमको टीकापुर नगरपालिका सहकारी शाखा प्रमुख कमला पोखरेलले संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार