१३ बैशाख २०८१, बिहीबार

वन हेरालु घुससहित पक्राउ



धनगढी । कैलालीको भजनीबाट एक जना वन हेरालु घुस सहित पक्राउ परेका छन् । भजनीस्थित सामुदायिक वनबाट नगद लिंदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरले भजनी सेक्टर वन कार्यालयका वन हेरालु हरिशचन्द्र कुमारलाई रंगेहात पक्राउ गरेको हो ।

वन हेरालुले लौकाहभौकाह सामुदायिक वनबाट १० हजार नगद घुस लिंदै गर्दा पक्राउ गरेको जनाएको छ । कुमारलाई थप अनुसन्धानका लागि शुक्रबार काठमाडौं लगिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार