७ बैशाख २०८१, शुक्रबार

सशस्त्रद्वारा ठूलो रकमको सामान पक्राउ



धनगढी । सशस्त्र प्रहरी बलको राष्ट्रिय भन्सार सुरक्षा कैलाली ५३ नम्बर गुल्मले बिहिबार ठूलो रकमको सामान पक्राउ गरेको छ ।
भन्सार छलेर ल्याउँदै गरेको ६ थान मोटर र गाडी सहित सोह्र लाख पैसठ्ठी हजार रुपैयाँको सामान बरामद गरी त्रिनगर भन्सार कार्यालयलाई बुझाएको छ । ५३ नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक देवबहादुर चन्दले सामान सहित धनगढी–१३ का ३५ वर्षीय अनिल शर्मा र सवारी चालक अर्जुन रानालाई धनगढी–२ मिलन चोकबाट पक्राउ गरी भन्सारमा बुझाएको बताए ।
से.१.च. १७६० नम्बरको टाटा एक्सेनन गाडीमा भारतवाट भन्सार छली ल्याउदै गरेका ६ थान मोटर र गाडी सहित मुल्य मुल्य सोह्र लाख ६५ हजार रुपैयाँ भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार