१५ चैत्र २०८०, बिहीबार

अपाङ्ग बालवालिकालाई न्यानो लुगा वितरण



धनगढी । अत्तरियास्थित सुदूरपश्चिम समावेशी विद्यालयमा पढ्दैआएका अपाङ्गता भएका बालवालिकालाई न्यानो लुगा वितरण गरिएको छ ।
कैलालीको धनगढीमा अपाङ्गताको क्षेत्रमा काम गर्दैआएको अपाङ्गता सहायता प्रतिष्ठानले विहिबार विद्यालयमा एक कार्यक्रामकासाथ लुगा वितरण गरेको हो ।

विद्यालय व्यबस्थापन समितिका अध्यक्ष मनीराम साउँदलाई लुगा हस्तान्तरण गर्दै प्रष्ठिानका अध्यक्ष भवानीसिंह ऐरले चिसोबाट बच्नका लागि थोरै भएपनि राहत पुगोस् भनेर न्यानो लुगा सहयोग गरेको बताए । प्रतिष्ठानकी सहसचिव सुनिता थापाले ६० थान जाकेट, टाउजर, टोपीलगायतका न्यानो लुगामा सहयोग गरेको जानकारी दिइन् ।
सस्थाका सल्लाहकार एवं राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रीय सदस्य मानवहादुर साउदले चिसोवाट बच्न बालवालिकालाई न्यानो लुगा सहयोग गरेकोमा संस्थालाई धन्यवाद दिएका थिए । उनी यस विद्यालय स्थापनाको पनि संस्थापक हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार