११ बैशाख २०८१, मंगलवार

संकटा गोल्डकपको सेमिफाइनलमा



धनगढी । दाउफिन्स फुटबल क्लबलाई १–० ले पराजित गर्दै सीएमजी क्लब संकटा बुधबार तेस्रो नेपाल आइस अन्तर्रा्ष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।धनगढी रंगशालामा खेलको दोस्रो मिनेटमा नै लक्ष्मण रुचालको पासमा एलोन म्याक्सवेलले गोल गर्दै संकटालाई अग्रता दिलाए । खेलको १२ औं मिनेटमा लक्ष्मण रुचालले वन भर्सेस वनको स्थितिमा गरेको प्रहार गोलरक्षक गुर्लाउन्सले बचाए । पहिलो हाफको इन्जुरी समयमा दाउफिन्सका कप्तान ले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन ।
दोस्रो हाफको पाँचौं मिनेटमा दाउफिन्सले खेल बराबरी गर्ने मौका गुमायो । गोलरक्षक पोजिसनमा नहुँदा आर्मेलको क्रसमा जुनियरको हेडरले पोस्टको दिशा लिन सकेन । ५३ औं मिनेटमा टिनाको क्रसमा नियाले ६ यार्ड बक्सभित्रबाट गरेको हेडर क्रसबारभन्दा थोरै माथिबाट बाहिरियो । खेलको दुई मिनेट समय बाँकी रहँदा जुनियरको पासमा टिनाको प्रहारले पोस्टको दिशा लिन सकेन ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका संकटाका कप्तान रवि सिलवालले आरके कन्स्ट्रक्सन म्यान अफ दि म्याच बन्दै १० हजार रुपैयाँ प्राप्त गरे । संकटाले अब बिहिबार हुने सेमिफाइनलमा नेपाल पुलिस क्लबको सामना गर्नेछ ।पराजित टोलीका प्रशिक्षक आशिक थापामगरले लामो यात्रा तय गर्नुपरेको कारण टोलीले अपेक्षित प्रदर्शन गर्न नसकेको बताए । संकटाका प्रशिक्षक सल्यान खड्गीले खेलाडीले आफ्नो रणनीति अनुसार खेलेको कारण नै जित हासिल गरको बताए ।
मोफसलकै सर्वा्धिक धनराशी पुरस्कार भएको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १० लाख प्राप्त गर्दा विधागत उत्कृष्टतर्फ प्रत्यक खेलाडीले १५ हजार रुपैयाँ पाउनेछन् । बुधबार हुने पहिलो सेमीफाइनलमा रुस्लान थ्री स्टार क्लब र मेची नेत्रालय काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार