१६ चैत्र २०८०, शुक्रबार

तीन अपहरणकारी पक्राउ



धनगढी । धनगढीको जलशा होटलमा दुई कामदारबीच सामान्य विवाद हुँदा एक युवक अपहरणमा परेका छन्।

अपहरणकारीले उनलाई अपहरण गरी मोटरसाइकलमा राखेर मोहना नदीतर्फ लगेका थिए।

जलशा होटलको रेस्टुरेन्टमा काम गर्ने २० वर्षीय चक्र खड्का र १९ वर्षीय वसन्त भाटबीच सामान्य विवाद भएको थियो। विवाद बढेपछि खड्काले साथीहरू बोलाएर भाटलाई मोटरसाइकलमा राखी मोहना नदीतर्फ लैजाँदै गर्दा प्रहरीले उद्धार गरेको छ।

घटना बिहान करिब ९ बजेतिरको हो। खड्काले चारपाँच जना साथी बोलाएर आफूलाई मार्छु भन्दै मोटरसाइकलमा जबरजस्ती राखेर मोहनातर्फ लगेको भाटले  बताए।

कैलालीका प्रहरी निरीक्षक गोविन्द खड्काले भाटको अपहरणमा संलग्न चक्र खड्का, धनगढी–२ का १९ वर्षीय हर्केश बाग र १९ वर्षीय कुन्दन जोशीलाई पक्राउ गरेको जानकारी दिए।

साथै अपहरणमा प्रयोग भएको से७प३४४५ नम्बरको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।

अपहरणमा संलग्न अन्यको खोजी कार्य जारी रहेको खड्काले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार