१२ बैशाख २०८१, बुधबार

शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगिताको उपाधी सर्वोदय विद्या मन्दिर माविलाई



बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर-३ मा आयोजित शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगिताको उपाधी सर्वोदय बिद्या मन्दिर माविले हात पारेको छ ।
बेस्ट अफ फाइभका आधारमा खेलाइएको खेलमा जगदम्बिके भगवती माविलाई लगातार तीन सेटसम्म हराउँदै प्रतियोगिताको उपाधी जितेको हो ।
माघी पर्वका अवसरमा सोही वडामा रहेकोे दोदोधरा ग्रिनल्यान्ड बोर्डिङ स्कुलले आयोजना गरेको उक्त भलिबल प्रतियोगितामा बिजेता टीमले बोका, मेडल र प्रमाणपत्र हात पारेको छ ।
प्रतियोगितामा स्थानीय सामुदायिक र संस्थागत विद्यालयका गरि ६ वटा टीमको सहभागिता रहेको आयोजकले जनाएको छ ।
प्रतियोगिता निकै उत्साहजनक र मैत्रीपूर्ण भएको आयोजक बिद्यालयका प्रिन्सिपल शिखर बिश्वकर्माले बताए ।
फाइनल चरणको पहिलो खेल जगदम्बिके भगवती मावि रानीकुण्डा र साइनिङ्ग स्टार एकाडेमी कट्टीपुर बीच भएको थियो ।
उक्त खेलमा पहिलो सेटमा २५–१६, दोश्रो सेटमा २५–२३ र तेश्रो सेटमा २५–१६ को अन्तरमा जगदम्बिके भगवती मावि रानीकुण्डाले जितेको हो ।
यस्तै, फाइनल चरण अन्तर्गतको दोस्रो खेल सर्वोदय बिद्या मन्दिर मावि र बिजेता जगदम्बिके भगवती मावि रानीकुण्डा बीच भएको आयोजक विद्यालयका सहायक प्रिन्सिपल सुन्दर गौतमले जानकारी दिए ।
पहिलो र दोस्रो स्थानका लागि भएको उक्त खेलमा पहिलो सेटमा २५–१५, दोश्रो सेटमा २५–१८ र तेश्रो सेटमा २५–१८ को अन्तरमा सर्वोदय बिद्या मन्दिर माविले बिजय हासिल गरेको आयोजकले जानकारी दिएको छ ।
दोदोधरा ग्रिनल्यान्ड बोर्डिङ स्कुलको प्राङ्गणमा सम्पन्न भलिबल प्रतियोगिता मुख्य रेफ्रीका रूपमा स्थानीय भेषराज जैसीले खेलाएको विद्यालयका संस्थापक हरिश्चन्द्र आचार्यले बताए ।
प्रतिक्रिया दिनुहोस्
विशेष समाचार