८ बैशाख २०८१, शनिबार

चेली बेटीको तिहार हो माघी



धनगढी । नेपाली हिन्दुहरुको महान चाड दशै तिहार जस्तै सुदूरपश्चिम प्रदेशमा मनाईने माघी संक्रान्ती पर्वको रौनक यतीखेर सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी सात जिल्लामा पनि धुमधामका साथ मनाइन लागेको छ ।
माघको महिना बिषेस गरि महिलाहरुलाई अन्नी फाको दिने चलनले प्रायजसो यो पर्वमा महिलाहरु बढी उत्साहित हुने गर्दछन् । पुस मसान्तीको राती स्थानिय परिकारहरु सेल, बाबर, मासु, तरुल, चुकानी पकाएर खाने प्रचलन छ । गाउँ घरका छोरी बहिनीहरु माघीको दिन माईती घरमा आएर दुई तिन दिन सम्म मिठा मिठा भोजनहरु खाएर माइतमा नै देउडा खेल्ने चलन छ ।
हिन्दु धर्मालम्बीहरुले माघ एक गते संक्रान्तीका दिन घरको दैलो लिपपोत गरि स्थानीय धार्मिक स्थलमा स्नान गरेर बर्त बस्ने चलन समेत रहेको छ । साथै सोही दिनको बिहान छोरी बहिनीहरुलाई सगुन रोटी दिनुका साथै दक्षिणा दिने प्रचलन रहेको स्थानिय बाह्मण कुलदेब जोशीले बताए । उनले भने, सोही दिन स्थानीय पानीका मुहान नजीकै मुडाहरु बाल्ने र नुहाई सकेपछि आगो ताप्ने गरिन्छ ।
प्रायजसो सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा माघ महिना भरी छोरी बहिनीहरु माईतलाई मिठो खानेकुरा (अन्नी, फाको) दिने चलन छ । जयपृथ्बी नगरपालिकाकी पार्वती सिंहले भनिन, माघी पर्व हामी चेली बहिनीको तिहार वर्षभरीको दुख मेटाउने वर्ष । यो वर्षमा छोरीबेटीहरु लाई खानेकुरा (अन्नी फाको बबर) दिने चलन हुन्छ भने नाक कानहरुमा गरगहना लगाउन सियोले प्वाल पार्ने पनि चलन छ । उनका अनुसार माघको दुई गते उत्रायणका दिनमा गाउँका चेली बहिनीहरु सामुहिक रुपमा एकै स्थानमा भान्सा बनाएर मासको खिचडी खाने पनि गर्दछौ । यसका साथै यो दिनमा काम काज गरे उत्रन्छ भन्ने बिश्वासका साथ महिलाहरु कुनै पनि काम नगर्ने ।
महिलाहरु आराम गर्ने, साँझपख र रात भरी देउडा खेलेर रमाईलो गर्ने गरिन्छ । केटी माग्न जानेहरुका लागी माघेसंक्रान्तीको दिन शुभदिन मान्ने भएकाले यो दिनमा केटी मग्नी पनि हुने गर्दछ ।
माघको एक गते बझाङको तल्कोट गाउँपालिको तपोवन क्षेत्र, जयपृथ्बी नगरपालिकाको रिसीकुण्ड क्षेत्र, बुंगल नगरपालिकाको त्रिबेणी क्षेत्र, खप्तडछान्ना गाउँपालिकाको भंकेनी क्षेत्र, दुर्गाथली गाउँपालिकाको मोरीबगरको शिब मन्दीर लगायत जिल्लाका बिभिन्न धार्मिक स्थलहरुमा स्नान गर्ने र मेला लाग्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार