१२ बैशाख २०८१, बुधबार

सहारा घरमा न्यानो लुगा वितरण



सुखड । कैलालीको बर्दगोरिया गाउँपालिका -२ मा रहेको असहायका लागि सहयोगी हातहरू, नेपालद्वारा सञ्चालित सहारा घरमा न्यानो लुगा वितरण गरिएको छ ।एन आर एन फोरम स्विजरल्याण्डकि कोर्डिनेटर शुभा इल्मार लामाको आर्थिक सहयोग तथा संचारकर्मी प्रकाश मिश्रको पहलमा सोमबार एक अनौपचारिक कार्यक्रमका बिच सहारा घरमा बस्ने ५२ जना अशक्त तथा असहायहरुलाई न्यानो स्विटर वितरण गरिएको हो ।

न्यानो लुगा वितरण कार्यक्रममा बोल्दै संचारकर्मी प्रकाश मिश्रले नेपालको ललितपुर घर भइ हाल स्विजरल्याण्ड बस्दै आएका शुभा इल्मार लामालाई हार्दिक धन्यवाद दिदै सहयोगले गर्दा आफ्नो हातले सहारा घरमा गएर न्यानो लुगा वितरण गर्न पाउँदा एकदमै खुशी लागेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार