१३ बैशाख २०८१, बिहीबार

चोरबाटोबाट चिकित्साशास्त्र विधेयक पेश गरियो– देउवा



धनगढी । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्माओली नेतृत्वको सरकारले चोरबाटोबाट चिकित्सा शिक्षा विधेयक पेश गरेको आरोप लगाएका छन् ।

सभापति देउवाले आफ्नो नेतृत्वका सरकारको पालामा नेपालमा चिकित्सा शिक्षा व्यवस्थित गर्न तथा नेपाली विद्यार्थीले स्वदेशमै चिकित्सा शिक्षा पढ्न सकुन् भने डाक्टर गोविन्द केसीलाई सहमत गराएर चिकित्सा शिक्षा विधेयक पास गरेको चर्चा गरे । पूर्व प्रधानमन्त्री तथा संघीय संसदमा प्रमुख प्रतिपक्षी नेता समेत रहेका सभापति देउवाले भने– ‘चिकित्सा शिक्षा विधेयक पास भएको धेरै समय भएको थिएन, तर वर्तमान सरकारले त्यसमा परिवर्तन गरेको छ ।’
‘हामीले पास गरेको चिकित्सा शिक्षा विधेयकमाथि संशोधन ल्याउनुको सट्टा सरकारले अध्यादेश ल्याएर पेश गरेको छ’ सोमबार नेपाल प्रेस युनियन, कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले भने– ‘डाक्टर केसीसंग विगतमा भएका सहमति, सम्झौताहरुलाई तोड्दै वर्तमान सरकारले आफ्ना निकटका व्यक्तिलाई निजी मेडिकल कलेजहरु बनाउन दिने मनसायले अध्यादेशमार्फत विधेयक ल्याएको हुन सक्छ जस्तो लाग्छ ।’ उनले नेपाली काँग्रेसले विधेयकमाथि संशोधन प्रस्ताव राख्ने बताए । भने– ‘भरसक उनीहरुलाई सहमति गराउ“छु भएन, भने हामी संसद अवरोध गर्छौ ।’सभापति देउवाले ओली सरकारका कामहरु जनताको हितमा नभएको दाबी गरे । उनले वर्तमान सरकार अपराधी जोगाउने काममा लागेको आरोप लगाए । भने– निर्मला बलात्कार तथा हत्या प्रकरणमा प्रमाण मेटाउन तथा वास्तविक अपराधी लुकाउने काम यही सरकारले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार