१३ बैशाख २०८१, बिहीबार

सुजुकी बर्गम्यान १२५ स्कूटर विक्री शुरु



धनगढी । प्राप्ति अटो इन्टरप्राइजेज धनगढीले सुदूरपश्चिममा सुजुकी बर्गम्यान १२५ स्कूटर विक्री शुरु गरेको छ ।
ईन्टरप्राइजेजले सोमबार धनगढीमा स्कूटरको लञ्चिङ कार्यक्रम आयोजना गरी विक्री थालेको जनाएको हो । कैलाली उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष पुष्पराज कुँवरले अनवारण गरी स्कूटर लञ्च गरेका थिए । लगत्तै अध्यक्ष कुँवरले स्कूटर स्टार्ट गरेपछि सो स्कूटरको ¥याली निकालिएको थियो । ¥यालीले धनगढी बजार परिक्रमा गरेको थियो ।

नेपालमा उपलब्ध स्कूटरहरु भन्दा सुजुकी बर्गम्यान १२५ स्कूटर आकर्षक र सुविधाजनक रहेको दावी इन्टरप्राइजेजले गरेको छ । म्यासी स्कूटर नामले समेत चिनिएको यो स्कूटरमा ७५०० आरपिएममा ८.७ बिएचपि शक्ति उत्पादन गर्ने क्षमता भएको १२४.३ सिसिको ईञ्जिन जडान गरिएको छ । १४ इञ्चको ट्युवलेस टायर राखिएको यो स्कूटरमा मोबाइल चार्जका लागि युएसविपोर्ट, पञ्जा राख्ने भाग, क्रोम फिनिसिङ, सेन्ट्रल लक प्रणाली, एरोडाइनामिक डिजाइन, एलईडी लाईट, डिजिटल ड्यासबोर्ड लगायतका थुप्रै फिचर छन् ।

कार्यक्रममा संघका अध्यक्ष कुँवरले विगतका दिनमा स्कूटर विलाशिताको साधन भएपनि बदलिएको परिस्थितिमा स्कूटर अनिवार्य साधन भइसकेको बताए । उनले दैनिक जीवनमा स्कूटर मानिसलाई नभई नहुने भइसकेको बताए । उनले आफूलाई संघमा निर्वाचित गरेकोमा सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद व्यक्त गरे ।
इन्टरप्राइजेजका म्यानेजिङ डाइरेक्टर श्याम ओझाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका नवनिर्वाचित उद्योग उपाध्यक्ष पुष्कर ओझा, संघका पूर्व अध्यक्ष दिनेश भण्डारी र भिजि सुजुकी कम्पनीका मार्केटिङ म्यानेजर नवराज कोइरालाले मन्तव्य राखेका थिए । कार्यक्रममा कोइरालाले सुजुकी ब्राण्डका स्कूटरमा ५ वर्षको वारेन्टी दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार