६ बैशाख २०८१, बिहीबार

धनगढी लेडी जेसिजमा पुनम



धनगढी । धनगढी लेडी जेसिज २०१९ को अध्यक्षमा पुनम चटौत चयन भएकी छन् ।
शनिबार सम्पन्न भएको पाँचौं अधिवेशनबाट चटौतको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको हो ।
लेडी जेसिजको कार्यकारी उपाध्यक्षमा रिता अवस्थी, पवित्रा धिक्ता पाण्डे, उपाध्यक्षमा सरस्वती खडका, वसन्ती ऐर, निर्मला श्रेष्ठ, जमुना फुलारा, महासचिवमा धर्मा जोशी, कोषाध्यक्षमा पुनम अवस्थी चयन भएका छन् ।
यस्तै, कानूनी सल्लाहकारमा लक्ष्मी शाही (चन्द), निवर्तमान अध्यक्ष दिप्ती शाहीलाई मनोनित गरेको छ भने सल्लाहकारमा पूर्व अध्यक्षहरूलाई मनोनित गरिएको छ ।
यस्तै, तालिम, सञ्चार, युवा÷युवती, संघ÷संस्था लगायतकासंयोजकहरू पनि तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार