१३ बैशाख २०८१, बिहीबार

कैलाली उद्योग वाणिज्य संघको निर्वाचन : अध्यक्ष सहित अधिकांस सिटमा कुँवर प्यानल विजयी



धनगढी । कैलाली उद्योग वाणिज्य संघको निर्वाचनमा पुष्पराज कुँवर प्यानल अधिकांस सिटमा विजयी भएको छ । आइतबार बिहान घोषित मतगणना परिणाम अनुसार अध्यक्षमा कुँवर ६९ मत अन्तरले विजयी भएका छन् ।
निर्वाचित अध्यक्ष कुँवरले एक हजार मत प्राप्त गरे । उनको निकटतम प्रतिद्वन्द्वी रूपेश स्वाँरले नौ सय ३१ मत प्राप्त गरे । अध्यक्ष पदका अर्का उम्मेदवार डिल्लीराज अवस्थीले एक सय ७७ मत प्राप्त गरे । घोषित मतगणना परिणाम अनुसार कुँवर प्यानलबाट तीन उपाध्यक्ष, महासचिव, सचिव र सात जना सदस्य निर्वाचित भएका छन् ।
त्यस्तै, स्वाँर प्यानलबाट कोषाध्यक्ष र चार जना सदस्य निर्वाचित भएका छन् । कैलाली उद्योग वाणिज्य संघको कार्यसमितिमा अध्यक्ष सहित सात जना पदाधिकारी तथा ११ जना सदस्य रहेका छन् ।
कुँवर प्यानलका उद्योग उपाध्यक्षमा पुष्कर ओझाले एक हजार ८१ मत सहित विजय प्राप्त गरे । त्यस्तै, वस्तुगत उपाध्यक्षमा शिवराज कुँवर नौ सय ५२ मत र वाणिज्य उपाध्यक्षमा गगन केसी नौ सय ६० मत सहित विजयी भए ।
स्वार प्यानलका उद्योग उपाध्यक्षका उम्मेदवार गजराज पाण्डेयले सात सय ६७, वाणिज्य उपाध्यक्षका उम्मेदवार टेकबहादुर खड्काले नौ सय दुई र वस्तुगत उपाध्यक्षका उम्मेदवार अनिलकुमार भुजानियाले सात सय ३९ मत मत प्राप्त गरे ।

अध्यक्ष : पुष्प कुँवर

उपाध्यक्ष उद्योग, वाणिज्य र वस्तुगततर्फ अवस्थी प्यानलका उम्मेदवार क्रमशः रामचन्द्र रानाथारूले एक सय ९२, ईन्द्रबहादुर सेठीले एक सय ५८ र वाशुदेव भट्टले तीन सय २४ मत प्राप्त गरे ।
त्यस्तै, कुँवर प्यानलबाट महासचिवमा विजयी ओमबहादुर बिष्टले एक हजार ८७ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी स्वाँर प्यानलका महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डेयले सात सय ६८ मत प्राप्त गरे । भने अवस्थी प्यानलबाट महासचिवका उम्मेदवार नवराज रेग्मीले एक सय ६५ मत प्राप्त गरे ।
कोषाध्यक्षमा स्वाँर प्यानलका उम्मेदवार भीमराज ओझा अब्बु नौ सय ६६ मतसहित विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी कुँवर प्यानलका दिनेश लम्सालले नौ सय ६६ मत प्राप्त गरे । भने अवस्थी प्यानलका शैलेन्द्र श्रेष्ठले एक सय १५ मत प्राप्त गरे ।
सचिवमा कुँवर प्यानलका सिद्धराज पनेरू एक हजार ३६ सहित विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी स्वाँर प्यानलका उम्मेदवार सुजितराज शर्माले सात सय ५४ मत प्राप्त गरे ।
सदस्यमा विजयी कुँवर प्यानलका उम्मेदवार केशवराज जोशीले नौ सय ३५, लक्ष्मणराज पन्तले नौ सय ३१, राधिकाकुमारी चौधरीले आठ सय ८९, मनोजकुमार अग्रवालले आठ सय ८३, तिलकबहादुर खतिवडाले आठ सय ४२, सुरेन्द्रकुमार वोहराले आठ सय आठ र महेन्द्रकुमार सिंहले सात सय ९९ मत प्राप्त गरे ।
त्यस्तै, सदस्य पदमा स्वाँर प्यानलबाट निर्वाचित तिलकबहादुर वोहराले नौ सय २१, रवि कु“वरले आठ सय ८५, श्यामराज जोशीले आठ सय ६८ र रूपेश खड्काले आठ सय ५० मत प्राप्त गरे ।

सम्बन्धित समाचार

कोषाध्यक्ष र केहि सदस्य बाहेकमा कुँवर प्यानल विजयी

पुष्प कुँवर ५६ मतले अगाडि

कोषाध्यक्ष बाहेकका सबै पदमा कुँवर समूह अगाडि

कैलाली उद्योग वाणिज्य संघको निर्वाचन : मतदान सम्पन्न, केहिबेरमा मत गणना हुने

कैलाली उद्योग वाणिज्य संघको निर्वाचनमा उत्साहजनक मतदात हुँदै (भिडियाेसहित)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार