७ बैशाख २०८१, शुक्रबार

शिविरमा २८६ को निःशुल्क स्वास्थ्य जाँच



बाजुरा । जहरसिंह बुढा स्मृति प्रतिष्ठान बाजुराले त्रिबेणी नगरपालिकाको आर्थिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

प्रतिष्ठानले त्रिवेणी नगरपालिकाको वडा नम्बर ८ स्थित जोभियल एकेडेमी ढडालीमा शनिबार स्वास्थ्य शिविर सञ्चालन गरी दुई सय ८६ जनाको निःशुल्क स्वास्थ्य जाँच गरेको हो । शिविरमा ९३ जनाले भिडियो एक्स–रे सेवा, ४६ जनाले ल्याब सेवा, १६ जना गर्भवती महिलाले गर्भ जाँच सेवा लिनुका साथै २९ जनामा पथ्थरी देखिएको प्रतिष्ठानका सचिव भरत बुढाले बताए । उनले न्यून आर्थिक स्थितिका गर्भवती महिला र पथ्थरीका बिरामीलाई लक्षित गरी शिविर आयोजना गरेको बताए ।
शिविर त्रिबेणि नगरपालिकाका मेयर रामसिंह रावलको प्रमुख आथित्यमा सम्पन्न भएको थियो । कार्यक्रममा बिशिष्ट अतिथि वडा अध्यक्षहरु भिमबहादुर थापा (८), वीरबहादुर बिस्ट (९), प्रेम थापा (७), गम्बिर बुढा (५) थिए । जिल्ला अस्पताल बाजुराका डा दुर्गाराज महर्जन, लगायत स्वास्थ्यकर्मी र स्वयंसेवकहरुले स्वास्थ्य चाँच गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार