१३ बैशाख २०८१, बिहीबार

विद्युत सहकारीको साधारण सभा



टीकापुर । नेपाल विद्युत केन्द्रीय सहकारी संघ लिमिटेडको छैटौं वार्षिक साधारण सभा आइतबार टीकापुरमा भएको छ । कार्यक्रमको सुदूरपश्चिम प्रदेश सभामा नेकपाका प्रमुख सचेतक तारा लामा तामाङले उद्घाटन गरेका थिए । सो अवसरमा प्रमुख सचेतक तामाङले सहकारीले आर्थिक, सामाजिक, सांस्कृतिक र वातावरणीय क्षेत्रमा परिवर्तन ल्याउन जरुरी हुने बताए । उनले विद्युत सहकारीले त झन जनतालाई विजुली कसरी दिने भन्ने सोचेर थप जिम्मेवारी पनि बहन गर्नुपर्ने बताए ।
संसारमा सहकारीले ठूलाठूला परिवर्तन गरेको बताउँदै नेता तामाङले नेपालका सहकारीले वचत र ऋण प्रवाहमा मात्रै सीमित हुन नहुने बताए । सहकारीका माध्यामबाट मात्रै सुखी र समृद्ध नेपाल बनाउन सक्ने विश्वास उनको छ ।
संघका केन्द्रीय अध्यक्ष धर्मराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय उपाध्यक्ष गोविन्दराज भट्टले स्वागत गरेका थिए । कार्यक्रममा संघका अध्यक्ष पौडेलले संघको सञ्चालक समितिका तर्फबाट प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सो कार्यक्रममा संघका कैलाली कृष्ण खत्री लगायतले साधारण सभाको सफलताका लागि शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार