१२ बैशाख २०८१, बुधबार

कोषाध्यक्ष र केहि सदस्य बाहेकमा कुँवर प्यानल विजयी (मत परिणाम सहित)



धनगढी । कैलाली उद्योग वाणिज्य संघको चुनावमा पुष्प कुँवरको प्यानलका कोषाध्यक्ष बाहेक सम्पूर्ण पदाधिकारीहरु विजयी भएका छन् ।

अध्यक्ष :पुष्प कुँवर 

आइतबार दिउँसो साढे १ बजे जारी अन्तिम मत परिणाम अनुसार अध्यक्षका उम्मेदवार पुष्प कुँवरले प्रतिद्वन्दी रुपेश स्वाँर भन्दा ६९ मत बढि पाएर विजयी भएका हुन् । कुँवरले १००० मत पाए भने स्वाँरले ९३१ मत पाए । अध्यक्षका अर्का उम्मेदवार डिल्ली राज अवस्थीले १७७ मत पाएका छन् ।
कुँवर समूह कोषाध्यक्ष बाहेकका सबै मुख्य पद तीनै उपाध्यक्ष, महासचिव र सचिवका उम्मेदवारले विजयी भएका छन् । कुँवर समूहका उद्योग उपाध्यक्ष पुस्कर ओझाले १०८१ मत, वस्तुगत उपाध्यक्ष शिवराज कुँवरले ९५२ मत र वाणिज्य उपाध्यक्ष गगन केसीले ९६० मत पाए विजयी भएका छन् ।
महासचिव ओम विष्टले १०८७ मत र सचिव सिद्धराज पनेरुले १०३६ ले मत पाएका विजयी भएका छन् ।
कुँवर समूहका कोषाध्यक्षका उम्मेदवार दिनेश लम्साल स्वाँर समूहका अव्वु ओझा भन्दा ३० मत कम पाएर पराजित भएका छन् । स्वाँर प्यानलबाट कोषाध्यक्षमा विजयी ओझाले ९६६ मत पाए भने लम्सालले ९३६ मत पाए ।
सदस्यमा पनि स्वाँर र कुँवर प्यालनका उम्मेदवारहरु मिश्रित रुपमा विजयी भएका छन् ।

त्यस्तै, सदस्यहरूमा केशवराज जोशी,  लक्ष्मणराज पन्त, तिलकबहादुर वोहर, राधिकाकुमारी चौधरी, रवि कुँवर, मनोज अग्रवाल, श्यामराज जोशी, रुपेश खड्का, तिलकचन्द खतिवडा, सुरेन्द्रकुमार वोहरा र महेन्द्रकुमार सिंह विजयी भएका छन् ।

सदस्य पद तर्फको अन्तिम मत परिणाम।

सम्बन्धित समाचार

कोषाध्यक्ष र केहि सदस्य बाहेकमा कुँवर प्यानल विजयी

पुष्प कुँवर ५६ मतले अगाडि

कोषाध्यक्ष बाहेकका सबै पदमा कुँवर समूह अगाडि

कैलाली उद्योग वाणिज्य संघको निर्वाचन : मतदान सम्पन्न, केहिबेरमा मत गणना हुने

कैलाली उद्योग वाणिज्य संघको निर्वाचनमा उत्साहजनक मतदात हुँदै (भिडियाेसहित)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार