११ बैशाख २०८१, मंगलवार

कोषाध्यक्ष र केहि सदस्य बाहेकमा कुँवर प्यानल विजयी



धनगढी । कैलाली उद्योग वाणिज्य संघको चुनावमा पुष्प कुँवरको प्यानलका कोषाध्यक्ष बाहेक सम्पूर्ण पदाधिकारीहरु विजयी भएका छन् ।

अध्यक्ष :पुष्प कुँवर

अध्यक्षका उम्मेदवार पुष्प कुँवरले प्रतिद्वन्दी रुपेश स्वाँरलाई हराउँदै विजयी भएका हुन् । कुँवर प्यानलका कोषाध्यक्ष बाहेकका सबै मुख्य पद तीनै उपाध्यक्ष, महासचिव र सचिवका उम्मेदवारले विजयी भएका छन् । कुँवर प्यानलबाट उद्योग उपाध्यक्षमा पुस्कर ओझा, वस्तुगत उपाध्यक्षमा शिवराज कुँवर र वाणिज्य उपाध्यक्षमा गगन केसी विजयी भएका छन् ।
महासचिव कुँवर प्यानलका ओम विष्ट र सचिव सिद्धराज पनेरु वियजी भएका छन् । कुँवर प्यानलका कोषाध्यक्ष पदका उम्मेदवार दिनेश लम्साल स्वाँर समूहका अव्वु ओझाद्वारा वराजित भएका छन् । स्वाँर प्यानलबाट कोषाध्यक्ष पदमा विजयी ओझा विजयी भएका छन् । सदस्यमा पनि स्वाँर र कुँवर प्यालनका उम्मेदवारहरु मिश्रित रुपमा विजयी भएका छन् ।
कुँवर प्यानलबाट कोषाध्यक्ष बाहेक विजयी भएपछि व्यसायीहरु विजयी जुलुशको तयारीमा छन् । उनीहरुले फूलमाला लिएर मत गणना स्थल कैलाली उद्योग वाणिज्य संघ परिषद्मा तयारी अवस्थामा छन् ।

सम्बन्धित समाचार

पुष्प कुँवर ५६ मतले अगाडि

कोषाध्यक्ष बाहेकका सबै पदमा कुँवर समूह अगाडि

कैलाली उद्योग वाणिज्य संघको निर्वाचन : मतदान सम्पन्न, केहिबेरमा मत गणना हुने

कैलाली उद्योग वाणिज्य संघको निर्वाचनमा उत्साहजनक मतदात हुँदै (भिडियाेसहित)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार