१३ बैशाख २०८१, बिहीबार

स्वास्थ्य शिविर



बौनिया । जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरूका लागि शनिबार बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा स्वास्थ्य शिविर भएको छ ।
बर्दगोरिया गाउँपालिका वडा नम्बर २ को आयोजना र स्वास्थ्य शाखाको सहकार्यमा सो शिविर भएको जनाइएको छ ।
स्वास्थ्य शिविरमा जेष्ठ नागरिक र अपांगता भएका व्यक्ति सहित दुई सय बढीको स्वास्थ्य परीक्षण गरिएको बर्दगोरिया स्वास्थ्य शाखा प्रमुख कैलाशकुमार रावतले जानकारी दिए ।
स्वास्थ्य शिविरमा चौमाला स्वास्थ्य केन्द्रका डाक्टर अश्वनी चौहानले स्वास्थ्य चेकजाँच गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार