१६ चैत्र २०८०, शुक्रबार

एपीएफलाई हराउँदै काकरभिट्टा सेमिफाइनलमा



धनगढी । मेची नेत्रालय काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर तेस्रो नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार धनगढी रंगशालामा भएको पहिलो क्वाटरफाइनल खेलमा काकरभिट्टाले एपीएफलाई २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनायो ।खेलको नवौं मिनेटमा युवराज खड्काले एपीएफलाई अग्रता दिलाए । श्याम नेपालीले दिएको लामो पासलाई युवराजले गोलमा परिणत गरेका थिए । २६ औं मिनेटमा विश्वास श्रेष्ठले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई एपीएफका गोलरक्षक राजुले उत्कृष्ट डाइभ दिँदै बचाए । ४१ औं मिनेटमा विश्वास श्रेष्ठले बराबरी गोल फर्काए । विशाल राईले दिएको थ्रो पासमा विश्वासले गोलरक्षकलाई समेत छलाएर खाली पोस्टमा गोल गरेका थिए ।
इन्ज्युरी समयको पहिलो मिनेटमा एपीएफका गोलरक्षक राजु नगरकोटीले विश्वास श्रेष्ठको फ्रिकिक बचाउने प्रयासमा फुत्काएपछि रिबाउन्डमा कप्तान खामिरले बललाई पोस्टको दिशा दिन सकेनन् ।
दोस्रो हाफको ६१ औं मिनेटमा काकरभिट्टा अग्रता लिनबाट चुक्यो । विष्णु सुनारको फ्रिकिकमा विशाल राईले अफसाइड ट्र्याप बिट गरेपनि बललाई पोस्टको दिशा दिन सकेनन् । खेलको तीन मिनेट समय बाँकी रहँदा काकरभिट्टाले अग्रता लियो । कर्नरमा आएको बल रिबाउन्ड भएपछि विकास राईले ६ यार्ड बक्स नजिकबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।विजयी टोलीका प्रशिक्षक कर्ण थापामगरले पहिलो हाफमा प्रदर्शन सोचेअनुरूप नभएपनि बराबरी गोल निस्केपछि मनोबल उच्च रहेको बताए । उत्कृष्ट प्रदर्शन गरेका काकरभिट्टाका विश्वास श्रेष्ठ म्यान अफ द म्याच बन्दै १० हजार रुपैयाँ प्राप्त गरे यस जीतसँगै काकरभिट्टा खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
फाइनल प्रवेशका निम्ति टोलीले रुस्लान थ्री स्टार र च्यासलको खेलको विजेतासँग खेल्नेछ । मोफसलकै सर्वाधिक धनराशि पुरस्कार भएको यस प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १० लाख प्राप्त गर्दा विधागत उत्कृष्टतर्फ जनही १५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिता अन्तर्गत भोलि (आइतबार)को दोस्रो क्वाटरफाइनल खेल मनाङ मस्र्याङदी विरुद्ध नेपाल पुलिस क्लब बीच हुने छ ।

सम्बन्धित समाचार

तेस्रो सुदूरपश्चिम गोल्डकप : संकटा क्वार्टरफाइनलमा प्रवेश

तेस्रो सुदूरपश्चिम खप्तड गोल्डकप : च्यासलको फराकिलो जीत

सुदूरपश्चिम खप्तड गोल्डकप : नेपाल पुलिस क्लवको सहज जीत

सुदूरपश्चिम गोल्डकप शुरु : काकरभिट्टाद्वारा सुदूरपश्चिम–११ पराजित

सुदूरपश्चिम गोल्डकप शुरु : प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको खेल मैदान– मुख्यमन्त्री भट्ट

खप्तडगोल्ड कपको उद्घाटन मुख्यमन्त्रीले गर्ने

आजदेखि सुदूरपश्चिम गोल्डकप (खेलतालिका सहित)

खप्तड गोल्डकपको तयारी पुरा

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार