७ बैशाख २०८१, शुक्रबार

ब्राउन सुगर सहित एक जना पक्राउ



टीकापुर । कैलालीको टीकापुर नगरपालिका वडा नम्बर २ बन्दीपुरमा टीकापुर इलाका प्रहरी कार्यालयले ब्राउन सुगरसहित एक जना पक्राउ गरेको छ ।
लामो समयदेखि ब्राउन सुगर बिक्रीवितरण गर्दै आएका ३७ वर्षिय अनिल थापा (टाटा बिराला)लाई आज ५ ग्राम ९७० मिलिग्राम ब्राउन सुगर बिक्रीवितरण गर्दै गरेको अवस्थामा पक्राउ गरिएको टीकापुर इलाका प्रहरी कार्यालयका डिएसपी शिवबहादुर सिंहले बताए ।
थापालाई यस भन्दा पहिले पनि इलाका प्रहरी कार्यालयले लागु औषध ऐन अन्तर्गत आगूऔषध मुद्दा समेत चलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार