७ बैशाख २०८१, शुक्रबार

कैलाली उद्योग वाणिज्य संघको निर्वाचन : मतदान सम्पन्न, केहिबेरमा मत गणना हुने



धनगढी । कैलाली उद्योग वाणिज्य संघको निर्वाचनको मतदान शनिबार साँझ ४ बजे सम्पन्न भएको छ ।
विहान ८ बजे शुरु भएको मतदानमा दुई हजार दुई सय ६१ मत परेको निर्वाचन समिति संयोजक यादव भण्डारीले बताए । कुल मतदाता दुई हजार सात सय ४ जना छन् ।

मतदान सकिएपछि मतपेटिका पनि संकलन भएको छ । मत गणनाका लागि छलफल शुरु भएको छ । निर्वाचन समिति संयोजक भण्डारीले मत गणना राति साढे ८ बजे शुरु हुन सक्ने बताए ।
पुष्पराज कुँवर,रूपेश स्वाँर र डिल्लीराज अवस्थीको प्यानल संघको चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार