११ बैशाख २०८१, मंगलवार

दक्षिण भारतीय फिल्ममा ऐश्वर्य



‘फन्ने खान’मा अभिनय गरेपछि अहिले ऐश्वर्य राय फुर्सदमा थिइन् । उनले अब बलिउडको कुन प्रोजेक्टमा काम गर्छिन् भन्ने हल्ला चल्दै गर्दा उनी दक्षिण भारतिय चलचित्रमा अनुबन्धित भएकी छिन् ।ऐश्वर्य उनको मनपर्ने निर्देशक मनी रत्नमको चलचित्रमा काम गर्न लागेकी हुन् । यस चलचित्रका लागि उनले मोटो पारिश्रमिक लिएको बुझिएको छ ।
यसै चलचित्रको लागि ऐश्वर्यका ससुरा अर्थात् बलिउडका भेट्रन अभिनेता अभिताभ बच्चनलाई पनि अफर गरिएको छ । तर, अभिताभले यस चलचित्रमा काम गर्ने वा नगर्ने भन्ने टुंगो लागिसकेको छैन् ।निर्देशक मनी रत्नम जो विभिन्न फरक शैलीहरुमा केन्द्रित भएर काम गरिरहेका छन् । उनले अहिले एक नाटक ‘चोला साम्राज्य युग’को स्कृप्ट फेला पारेका छन् । चलचित्र निर्माता पलोनीयन सेवान पनि किल्क कृष्णमूति द्वारा लिखित किताबमा चलचित्र बनाउन इच्छुक भएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार