आज कैउवासंघको निर्वाचन

प्रकाशित मिति :

धनगढी । कैलाली उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिका लागि आज निर्वाचन हुँदै छ । यस पटकको कैलाली उद्योग वाणिज्य संघको निर्वाचनमा दुई हजार सात सय २५ जना मतदाता (सदस्य) रहेका छन् ।
संघको नयाँ कार्यसमितिका लागि वर्तमान महासचिव रूपेश स्वाँर, कोषाध्यक्ष पुष्पराज कुँवर तथा सदस्य डिल्लीराज अवस्थीको नेतृत्वमा तीन प्यानल चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
अध्यक्ष पदका उम्मेदवार स्वाँरको प्यानलबाट वाणिज्य उपाध्यक्ष पदमा गजराज पाण्डेय, उपाध्यक्ष उद्योगमा टेकबहादुर खड्का र वस्तुगत उपाध्यक्ष पदमा अनिलकुमार भुजनिया उम्मेदवार छन् ।
त्यस्तै, महासचिव पदमा सुरेश पाण्डेय, कोषाध्यक्षमा भीष्मराज ओझा र सचिवमा सुजितकुमार शर्मा उम्मेदवार छन् । भने सदस्यमा तिलक बोहरा, रूपेश खड्का, श्यामराज जोशी, शिव सोव, दुर्योधन स्वर्णकार, भरत थापा, सीता भट्टराई, वसन्त भट्ट, रवि कुँवर, नृपप्रसाद चौधरी र निरज वोहरा उम्मेदवार रहेका छन् ।
अध्यक्ष पदका अर्का उम्मेदवार कुँवरको प्यानलबाट वाणिज्य उपाध्यक्षमा गगन केसी, उद्योग उपाध्यक्षमा पुष्करराज ओझा र वस्तुगत उपाध्यक्षमा शिवराज कुँवर उम्मेदवार रहेका छन् ।
त्यस्तै, सो समूहबाट महासचिवमा ओमबहादुर बिष्ट, कोषाध्यक्षमा दिनेश लम्साल र सचिव पदमा सिद्धराज पनेरू उम्मेदवार छन् भने सदस्यमा तिलकचन्द्र खतिवडा, टोपबहादुर केसी, मनोज अग्रवाल, केशवराज जोशी, लक्ष्मणदत्त पन्त, मिलन कुँवर, शिवराज सापकोटा, सुरेन्द्रकुमार वोहरा, गौतम महतो, राधिका चौधरी र महेन्द्र सिंहले उम्मेदवार रहेका छन् ।
त्यसैगरी, अध्यक्ष पदका अर्का उम्मेदवार अवस्थीको प्यानलबाट वाणिज्य उपाध्यक्षमा ईन्द्रबहादुर सेठी, उद्योग उपाध्यक्षमा रामचन्द्र रानाथारू र वस्तुगत उपाध्यक्षमा वासुदेव भट्टले उम्मेदवार रहेका छन् । भने महासचिवमा नवराज रेग्मी, कोषाध्यक्षमा शैलेन्द्र श्रेष्ठ र सचिवमा जयराज न्यौपाने उम्मेदवार रहेका छन् ।
सोे प्यानलबाट सदस्यमा रोशन मधकर्मी, गजेन्द्र खड्का, पदमराज पाठक, ध्रुवराज कार्की, शंकरप्रसाद चौधरी, केशवसिंह कार्की, सरस्वती चौधरी र प्रमिला पाठकले उम्मेदवार रहेका छन् ।
स्वाँर नेतृत्वको प्यानलले औद्योगिक क्षेत्रको स्थापना, विशेष आर्थिक क्षेत्र घोषणा र सञ्चालन, साना तथा मझौंला व्यावसायीहरूलाई करछुटको व्यवस्था तथा व्यवसायीहरूको भौतिक तथा पेसागत सुरक्षा सुनिश्चित गर्ने प्रतिवद्धता जनाएको छ ।
स्वाँर नेतृत्वको प्यानलले धनगढी, लम्की, भजनी, सुखड, अत्तरिया, जोशीपुर, बौनिया, चौमाला, मसुरिया, पहलमानपुर लगायतका बजारमा सिसिटिभी जडान, गौरीफन्टा सीमानाकाको स्तरन्नोति, धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा स्तरोन्नती, मोहना–अत्तरिया छ लेन सडकको निर्धारित समयमा निर्माण कार्य पूरा गर्नुपर्ने, हुलाकी राजमार्गको निर्माण कार्यलाई पनि प्रमुख मुद्दाको रूपमा अगाडि सारेको छ ।
अध्यक्ष पदका अर्का उम्मेदवार कुँवरले व्यवसायीहरूको एकता, हकहित संरक्षण र सुदूरपश्चिमको विकास र आर्थिक समृद्धिको एजेण्डा सहित चुनावी मैदानमा आएको बताएको छ । उनले सबै व्यवसायीहरूलाई समेटेर अगाडि बढ्ने र व्यवसायिक हितको लागि काम गर्ने आफ्नो प्रमुख एजेण्डा रहेको बताए ।
अध्यक्ष पदका अर्का उम्मेदवार अवस्थीले उद्योग वाणिज्य संघको शुद्धिकरण, व्यवसायीहरूको सुरक्षाका लागि बिमा, बजार क्षेत्रको घरभाडाको समस्यालाई समाधान र परिवारलाई निःशुल्क स्वास्थ्य परीक्षण गर्ने एजेण्डा लिएर चुनावी मैदानमा आएको बताए ।
चुनावी प्रचारप्रसार जोडतोडका साथ उत्रिएका तीन वटै प्यानलले आआफ्नो जीतको दावी गरिरहेका छन् । तर, संघका अधिकांस सदस्य, उद्योगी, व्यावसायीको आंकलनमा भने स्वाँर र कुँवर प्यानलबीच नै मुख्य प्रतिस्पर्धा रहेको छ ।
चुनावी प्रचारप्रसारमा निकै व्यस्त स्वा“र प्यानल आफ्नो जीतप्रति निकै ढुक्क देखिन्छ । चुनावी प्रचारप्रसारमा खटिएका स्वाँर प्यानलका उम्मेदवारहरूले धनगढी, अत्तरिया, बौनिया, पहलमानपुर, भजनी, जोशीपुरमा आफ्नो पूरै प्यानल निकै अगाडि रहेको बताए । त्यस्तै, लम्की, मसुरिया, चौमाला लगायतका स्थानमा पनि पहिलेको तुलनामा अवस्था निकै राम्रो बनेको उनीहरूको विश्लेषण छ ।

    Comment Here!