८ बैशाख २०८१, शनिबार

आठ महिने शिशुको शव बरामद



धनगढी । कैलालीको फुलवारीमा ८ महिने शिशुको शव फेला परेको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १८ फूलवारी ‘ए’ गाउँमा ‘ए’ आठ महिने शिशुको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार बांसको झाडीमा शिशुको शव फेला परेको हो ।
प्रहरीले शिशुको शवको पोष्टमार्टमको लागि धनगढीस्थित सेती अञ्चल अस्पतालमा राखिएको र घटनाको थप अनुसन्धान भइरहेको रहेको डिएसपी हरिबहादुर ओलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार