७ बैशाख २०८१, शुक्रबार

तेस्रो सुदूरपश्चिम गोल्डकप : संकटा क्वार्टरफाइनलमा प्रवेश



धनगढी । उत्कृष्ट खेल प्रदर्शनसँगै सीएमजी क्लव संकटा धनगढीमा जारी तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकप फुटवल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा शुक्रबार भएको खेलमा संकटाले गोर्खा ब्वाइज रुपन्देहीलाई सून्यका विरुद्ध दुई गोलले पराजित ग¥यो । संकटाका लागि पहिलो गोल रवि सिलवालले गरेका थिए । उनले जय गुरुङको पासमा पेनाल्टी क्षेत्रभित्र बललाई नियन्त्रण लिएर गोलमा परिणत गरे ।
खेलको दोस्रो हाफको ८३ औं मिनेटमा फोफाना इब्राहिमको लो क्रसमा एलोन म्याक्सवेलले गोल गर्दै संकटाको स्कोर २–० पु¥याए ।
खेलमा गोर्खा ब्वायजले गोल गर्ने केही राम्रा अवसर पाए पनि सदुपयोग गर्न सकेन ।
भोलि (शनिबार)देखि प्रतियोगिताको क्वाटरफाइनल चरणका खेलहरू सुरु हुने आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लवले जनाएको छ ।
प्रतियोगिताको पहिलो क्वाटरफाइल एपीएफ क्लव र मेची नेत्रालय काकरभिट्टा ट्रेनिङ सेन्टरबीच हुने छ ।
तेस्रो सुदूरपश्चिम गोल्डकपको विजेताले २१ लाख रुपैयाँ तथा उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ ।

सम्बन्धित समाचार

तेस्रो सुदूरपश्चिम खप्तड गोल्डकप : च्यासलको फराकिलो जीत

सुदूरपश्चिम खप्तड गोल्डकप : नेपाल पुलिस क्लवको सहज जीत

सुदूरपश्चिम गोल्डकप शुरु : काकरभिट्टाद्वारा सुदूरपश्चिम–११ पराजित

सुदूरपश्चिम गोल्डकप शुरु : प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको खेल मैदान– मुख्यमन्त्री भट्ट

खप्तडगोल्ड कपको उद्घाटन मुख्यमन्त्रीले गर्ने

आजदेखि सुदूरपश्चिम गोल्डकप (खेलतालिका सहित)

खप्तड गोल्डकपको तयारी पुरा

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार