१३ बैशाख २०८१, बिहीबार

नेपाल आइडल रविलाई सम्मान गरियो



लम्की । नेपाल आइडल रवि वडलाई लम्कीमा सम्मान गरिएको छ । सिर्जनशील नेपाल, लाइन्स क्लव, लम्की जेसिज, लम्की लेडी जेसिज र बलिया टोल विकास समितिको संयुक्त आयोजनामा उनलाई सम्मान गरिएको थियो ।आफ्ना ५२ वर्षीय बुबा राजेन्द्र वडसँगै लम्की आइपुगेका रविको सम्मान कार्यक्रममा स्थानीयको ठूलो भीड लागेको थियो । लम्की चौकदेखि बाजागाजासहित निकालिएको सम्मान ¥याली लम्कीचुहा नगरपालिका वडा नम्बर १ एकतानगर मुक्तकमैया बस्तीमा निर्माणाधिन नमुना अध्ययन गृहसम्म पुगेर सभामा परिणत भएको थियो ।
अमेरिकाबाट मदनराज कठायतले सिर्जनशील नेपालले मुक्त कमैया वस्तीमा निर्माण गर्न थालेको नमुना अध्ययन गृहमा सहयोग पु¥याउन ६५ जना विद्यार्थीलाई स्वीटर सहयोग पठाएको जनाइएको छ । कठायतले पठाएको स्वीटर नेपाल आइडल रविले बालबालिकालाई वितरण गरेका थिए ।
सो अवसरमा रविले छिट्टै आफ्नो गीति एल्वम बजारमा आउने जानकारी दिए । उनले दर्शकहरूको अनुरोधमा तीन वटा गीत गाएका थिए ।
कार्यक्रममा रविका बुवा राजेन्द्रले नमुना अध्ययन गृह निर्माणका लागि सिर्जनशील नेपालका अध्यक्ष जनक सुनारलाई ३० हजार रुपैयाँ हस्तानरण गरेका थिए ।
कार्यक्रममा पत्रकार धनराज विक, लाइन्स क्लवका प्रतिनिधि घनश्याम डांगी र लम्की जेसिजका अध्यक्ष बविता पाण्डले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन पत्रकार रमित पाण्डेले गरेका थिए ।
कार्यक्रम सिर्जनशील नेपालका अध्यक्ष जनक सुनारको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार