७ बैशाख २०८१, शुक्रबार

नेकपाको प्रदेश कमिटीको सपथ ग्रहण



धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सुदूरपश्चिम प्रदेश समितिको सपथ ग्रहण तथा पदभार शुक्रबार धनगढीमा भएको छ ।

पार्टीका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीम रावलले पार्टी एकिकरणपछि निर्माण भएको प्रदेश कमिटीका सबै एक सय ८३ सदस्यलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । सपथ ग्रहणपछि बैठक बसी तत्कालीन एमाले र माओवादी केन्द्रबाट आएका सदस्यहरुबीच परिचयात्मक कार्यक्रम गरिएको थियो ।
बैठकले सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरका भारतसित सीमा जोडिएका क्षेत्रमा भारतीय पक्षबाट नागरिकहरुलाई समस्यामा पार्ने काम भएको भन्दै तत्काल सीमा ब्यवस्थित गर्न माग गर्ने प्रस्ताव पारित भएको पार्टीका प्रदेश कमिटी सदस्य गोकर्ण भट्टले जनाए । अन्तर्राष्ट्रिय ब्यापार प्रवद्र्धनका लागि त्रिदेशी नाका खोल्नुपर्ने माग पनि गरिएको उनले जनाए ।प्रदेश कमिटीको अर्को बैठक माघ २० गते बस्ने र सो बैठकमा पार्टीका दुबै अध्यक्षको उपस्थिति रहने प्रदेश कमिटीका सदस्य तथा प्रदेश सांसद रतन थापाले जनाए । प्रदेश इञ्चार्ज रावलसंगै स्थायी समिति सदस्य लेखराज भट्ट, प्रदेशका सह–इञ्चार्ज लक्ष्मणदत्त जोशी समेतले बैठकमा सम्बोधन गरेका थिए । बैठकको अध्यक्षता प्रदेश अध्यक्ष कर्ण थापाले र सन्चालन प्रदेश सचिव नेपबहादुर चौधरीले गरेका थिए ।

नेकपाको प्रदेश कमिटीले गरेका निर्णय र प्रस्तावहरू निम्नअनुसार रहेका छन ।
(क) निर्णयहरू
१. विगतकाप्रदेशपदाधिकारीका निर्णयहरूलाई कमिटीले अनुमोदन गरेको छ ।

२. आगामी माघ २० गते अगुवाकार्यकर्ता भेलागर्ने निर्णय गरेको छ । उक्त भेलामा नेकपाकाअध्यक्षतथाप्रधानमन्त्री केपीशर्मा ओलीलाई निमन्त्रणा गर्ने निर्णय गरेको छ ।

(ख) विशेष प्रस्तावहरू
१. नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, स्वाधीनता, अखण्डता र स्वाभिमानतथा नेपालीक्रान्तिलाई नयाँउचाईमा पुर्याउँदै सामाजिकन्यायसहितको समृद्ध नेपाली समाजको निर्माणका लागिभएको ऐतिहासिक पार्टी एकताको स्वागतगर्दै यस महानकार्यमा योगदानगर्ने सम्पूर्ण नेताहरूप्रतिहार्दिक धन्यवादतथाआभार व्यक्तगर्दछ ।

२. परिवर्तनका हरेक आन्दोलनमा अग्रणी भूमिकानिर्वाह गर्दै आएको सुदूरपश्चिमप्रदेश ऐतिहासिकरुपमाशोषण र दोहनमा परेको तथ्यलाई आत्मसात् गर्दै यस क्षेत्रको विकास र समृद्धिका लागि साधन, श्रोत र अवसरको विशेष व्यवस्थागर्दै सोहीअनुरुप संघीय सरकारबाट काम, कारवाहीहुनमागगर्दछ ।

३. सुदूरपश्चिमप्रदेशको समग्र आर्थिक समृद्धिको लागिअत्यन्त महत्वपूर्ण पश्चिम सेतीजलविद्युतआयोजनालामो समयसम्मअनिश्चित र अन्योलको शिकार रहेको छ । यसबाट यस प्रदेशको विकासको सम्भावनामा नै प्रतिकूलप्रभाव पर्ने देखिएको छ । अतःपश्चिम सेतीजलविद्युतआयोजनाको बारेमा रहेको अन्योल समाप्त गरी उपयुक्तश्रोतको व्यवस्थागर्दै आयोजनाको काम अघि बढाउने प्रबन्धमिलाउन नेपाल सरकारसँग मागगर्दछ ।

४. नेपालकै आर्थिक समृद्धिमा योगदान पुर्याउन सक्ने तथाजलविद्युतआयोजनामध्ये अत्यन्त राम्रो सम्भावनाभएको माथिल्लो कर्णालीजलविद्युतआयोजना यसअघि दुईपटक वित्तीयव्यवस्थापनको म्यादथप्दा समेत आयोजनाविकास सम्झौताअनुरुपकाम अघि नबढेकोमाचिन्ताव्यक्तगर्दछ । तुलनात्मकरुपमा पछ्यौटेपनको अवस्थामा रहेका सुदूरपश्चिमप्रदेश र कर्णालीप्रदेशकालागिमात्रनभई सिँगो देशको विकासकालागि ठूलो योगदानगर्न सक्ने माथिल्लो कर्णालीजलविद्युतआयोजनालाई अन्यौलबाट मुक्तगर्न आयोजनाविकास सम्झौताको पालनागर्दै जीएमआर कम्पनीलाई वित्तियव्यवस्थापनको म्याद नबढाइयोस् र वैकल्पिकव्यवस्थापनका साथ नेपाल सरकारबाट स्वयम् उक्तआयोजनालाई अघि बढाइयोस् भनिमागगर्दछ ।

५. यस प्रदेशको दक्षिणतर्फ भारतसँगजोडिएको सीमा क्षेत्रको उचितव्यवस्थापनहुननसक्दा सीमा क्षेत्रकाजनता सधैें त्रासमा रहनुपर्र्नेे अवस्थाविद्यमान रहेकोले संघ तथाप्रदेश सरकारबाट एउटा समय सीमातोकी सीमालाई व्यवस्थित र वैज्ञानिक बनाउँनविशेष कार्यक्रमलागु गर्न आग्रहगर्दछ ।

६. अन्तर्राष्ट्रिय व्यापार, पर्यटन तथा संस्कृतिको केन्द्र बन्ने सम्भावना रहेको सुदूरपश्चिमप्रदेशलाई चीन र भारतसँगजोड्ने अन्तर्राष्ट्रिय नाकातथाउत्तरी सीमातर्फका सम्भावितनाकाखोल्ने एवं स्तरोन्नतीगर्ने कार्य तदारुकताका साथ अघि बढाउन मागगर्दछ ।

७. महिलामाथि हिंसा अन्त्यगर्न स्थानीयतहलक्षितहुने गरी “महिला हिंसाविरुद्ध प्रादेशिकअभियान”तथा सबै तहमा ‘कानुनी साक्षरतासहितको न्यायिक संरचना’ स्थापनाकालागिप्रदेश सरकारसँग मागगर्दछ ।

८. गरिबीको रेखामुनि रहेकामजदूर किसान, भूमिहीन, सुकुम्वासी, उपेक्षिततथा उत्पीडित जनतालाई शिक्षा, स्वास्थ्य, रोजगार तथा सामाजिक सेवामापहुँच सुनिश्चितगर्न प्रादेशिकरुपमाविशेषाधिकारको नीतितर्जुमागर्न मागगर्दछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार