१२ बैशाख २०८१, बुधबार

जयमालिका कलेजको अध्यक्षमा धामी



धनगढी । मालिका इंगलिस स्कुल प्रालि तथा जयमालिका कलेज सञ्चालक समितिको अध्यक्षमा मीनबहादुर धामी चयन भएका छन् ।
कलेजका निवर्तमान अध्यक्ष चन्द्रसिंह चौधरीको अध्यक्षतामा शुक्रबार भएको सातौं साधारण सभाबाट धामीको अध्यक्षतामा सात सदस्यीय सञ्चालक समिति गठन गरिएको हो ।जसमा सञ्चालक चन्द्रसिंह चौधरी, कृष्णबहादुर बोहरा, निर्जन श्रेष्ठ, दिलिप श्रेष्ठ, अम्बिका सापकोटा र प्रबन्ध सञ्चालक भीमबहादुर बोहरा रहेका छन् ।
सभाबाट वसन्ती भट्टको संयोजकत्वमा तीन सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । जसमा हरिप्रसाद भट्ट र नृपबहादुर बोहरा रहेका छन् ।
शैक्षिक गुणस्तर सहित तथा समयानुकूल परिमार्जित शिक्षा सञ्चालन र शैक्षिक क्षेत्रमा सुधारका लागि नयाँ नेतृत्वले काम गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार