१३ बैशाख २०८१, बिहीबार

जमिन कित्ताकाट खुल्यो



काठमाडौँ । सरकारले कृषियोग्य जमिन खण्डीकरण गर्न खुला गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जमिन कित्ताकाट खुला गरेको जानकारी दिइन् ।कृषियोग्य जमिन कित्ताकाट र बिक्रीवितरणमा गत वर्ष लगाइएको प्रतिबन्ध मन्त्री अर्यालले उल्ट्याएकी हुन्।
२०७४ साउन २६ मा भूमिसुधार तथा व्यवस्थामन्त्री स्तरीय निर्णयले मुलुकभर कित्ताकाटमा रोक लगाएको थियो । एक आर्थिक वर्षमा जुनसुकै प्रकारको जग्गा भए पनि एक पटकभन्दा बढी कित्ताकाट गर्न नपाइने निर्णय भएको थियो । उक्त निर्णयलाई तत्काल कार्यान्वयन नगर्न/नगराउन भन्दै २०७४ भदौ १ मा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको थियो ।
तर, २०७४ फागुन २ गते अन्तरिम आदेशलाई बदर गर्दै मन्त्रालयले गरेको निर्णयलाई सर्वोच्चले सदर गरेको थियो ।

(ईकान्तिपुर)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार