१३ बैशाख २०८१, बिहीबार

दृष्टिलाई सहयोग



धनगढी । धनगढीमा रहेको दृष्टि फाउण्डेसनलाई धनगढी उपमहानगरपालिका वडा नम्बर १ वसन्त टोलको चौतारामा आउने सामाजसेवीहरूले २५ हजार ६ सय ६० रुपैयाँ तथा ७५ किलो चामल र पाँच किलो चिउरा सहयोग गरेका छन् ।
उनीहरूले चौतारामा आउने व्यक्तिहरूबाट संकलन भएको रकम र चामल धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडमार्फत दृष्टि फाउण्डेसनकी सञ्चालिका कल्पना भट्टलाई हस्तान्तरण गरे ।
समाजसेवी धनबहादुर बम, राजेशसिंह धनुषे, धनबहादुर बोहरा, जीवन बम, घनश्याम जोशी लगायतका व्यक्तिको सहयोगले सो रकम संकलन भएको स्थानीय अमृत विसीले बताए । सहयोग रकम हस्तान्तरण गर्दै धनगढी उपमहानगरपालिका प्रमुख वडले धनगढीलाई असहाय मानवरहित शहर बनाउन सबैको सहयोग आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार